काठमाडाैं । महोत्तरी प्रहरीले स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । मटिहानी नगरपालिका–८ स्थित दशगजा क्षेत्र नजिकैबाट ज.६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्यांकीमुनि लुकाएर राखेको अवस्थामा रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा मटिहानी–८ का २९ वर्षका महेश यादव रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तोष पोखरेलले जानकारी दिए । प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको हो । बरामद गरिएको रकम, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिएसपी पोखरेलले बताए ।
तपाईंको प्रतिकृया




