News desk

अबको राष्ट्रपति कांग्रेसबाट बन्ने : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे ।उनले भने, “राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नछन्, त्यसमा कुनै शङ्का छैन।” महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको बताए । पहिलो दल कांग्रेसले सरकार …

पुरा पढ्नुहॊस »

आगोमा जलेर गुल्मीमा एक महिलाको मृत्यु

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । आज उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिए । घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए । पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका सबै शाखाबाट बीवाईडी ग्राहकलाई ८० प्रतिशतसम्म फाइनान्स सुविधा

काठमाडाैं । बीवाईडीका विद्युतीय गाडी खरिदकर्ताले एभरेष्ट बैंकका सबै शाखाबाट फाइनान्स सुविधा पाउने भएका छन्। बीवाईडीको नेपालका लागि अधिकृत बिक्रेता साइमेक्स इन्क पालि र एभरेष्ट बैंकबीच यससम्बन्धी सम्झौता भएको हो। योसँगै खरिदकर्ताले बैंकबाट बीवाईडी गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउनेछन्। यो साझेदारीले सात वर्षसम्मका लागि विशेष प्रतिस्पर्धी ब्याजदरमा सहज फाइनान्स सुविधा पाउने बीवाईडीले जनाएको छ। यसको अर्थ ग्राहकले २० प्रतिशत मात्रै डाउनपेमेन्ट गर्नुपर्नेछ। यसो हुँदा भर्खरै सार्वजनिक भएको अट्टो ३ …

पुरा पढ्नुहॊस »

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक : विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण निर्णय

काठमाडौँ । नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दसौँ बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण निर्णय गरेको छ । नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारको सह अध्यक्षतामा शनिबार भारतको राजस्थानस्थित माउन्ट आबुमा सम्पन्न बैठकले अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा शुक्रबार सम्पन्न …

पुरा पढ्नुहॊस »

माइक्रो दुर्घटना हुँदा पोखरा विश्वविद्यालयका ३ दर्जनबढी विद्यार्थी घाइते

काठमाडौं । कास्कीको बेगनास तालबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस दुर्घटनामा परेको छ । कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काकाअनुसार दुर्घटनामा ३ दर्जनभन्दा बढी घाइते भएका छन् । ग २ ख ६७४७ नम्बरको बस शिशुवा नजिकै दुर्घटनामा परेको हो । दुर्घटनाका घाइतेहरू सबैलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ । माइक्रोमा पोखरा विश्वविद्यालयका विद्यार्थी थिए । घटनाको थप जानकारी आउन बाँकी छ ।

पुरा पढ्नुहॊस »

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन् । उनले २१ औँ शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे । उनले विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चारमाध्यमले पनि सञ्चारमाध्यमहरूलाई समय र युग सुहाउँदो रूपमा थप अद्यावधिक गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री दाहालले सञ्चारमाध्यमले …

पुरा पढ्नुहॊस »

रामबाबु गुरुङको ‘फूलबारी’ अष्ट्रेलियामा पनि प्रदर्शन

काठमाडाैं । गएको शुक्रबारबाट नेपालमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘फूलबारी’ अष्ट्रेलियाको विभिन्न शहरमा पनि प्रदर्शन भएको छ। कलाकारहरु दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनुपम शर्मा शर्मालगायतको अभिनय रहेको यो नेपाली चलचित्रलाई नेपोज एजुकेसन एण्ड भिसा सर्भिसेस र एस पिपुल एण्ड भिसा सर्भिसेसले अष्ट्रेलियाको बिभिन्न शहरहरूमा प्रदर्शन गर्न लागेको हो । चलचित्र फुलबारी आज अर्थात १९ फ्रेबुअरीका दिन क्यानभरा ,२० र २२ फ्रेबुअरीका दिन डार्बिन र यसैगरी एडिलेट …

पुरा पढ्नुहॊस »

चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन …

पुरा पढ्नुहॊस »

बैंकिङ सेवा स्वचालित बनाउन एभरेष्ट बैंक र क्विक फक्सबीच सम्झौता

काठमाडाैं । एभरेष्ट बैंकले आफ्ना विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने कायर्हहरु स्वचालित गर्न क्विक फक्स कन्सल्टिङ प्रालिसँग सम्झौता गरेको छ। योसँगै रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु भएको बैंकले जनाएको छ। ‘एभरेष्ट बैंक निरन्तर रुपमा सबल हुन, प्रतिस्पर्धी रहन र आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आप्mनो अटोमेसनको यात्रा सुरु गरेको हो’, बैंकले भनेको छ। बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहुने र एकै …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको सीईओमा गुरुङ नियुक्त

काठमाडौँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो । बैंकको सीईओका लागि २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेका थिए । सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तर्वार्ता भएको थियो । उक्तअन्तर्वार्ताबाट गुरुङ छानिएका हुन् । गुरुङले ४ वर्षको कार्यकाल सम्म यस बैंकको सिईओ पदमा …

पुरा पढ्नुहॊस »
This will auto close after