News desk

राष्ट्रपतिबारे निर्णय लिँदै माओवादी केन्द्र, बोलायो पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक  बस्दैछ । बैठक दिउँसो ४ बजे पार्टी मुख्यालय पेरिसडाँडा बस्ने छ । बैठकमा फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनको छलफल हुने बताइएको छ । फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । यसअघि, सत्तारुढ दलहरुबीच राष्ट्रपति नेकपा (एमाले) र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको थियो । नेकपा माओवादी …

पुरा पढ्नुहॊस »

आज कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशका …

पुरा पढ्नुहॊस »

रेडक्रस कानुन निर्माणमा सहयोग गर्छु : सांसद थापा

भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको २८ औँ जिल्ला सभालाई सम्बोधन गर्दै थापाले नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्ने बताएका हुन् । सभालाई सम्बोधन गर्दै उनले रेडक्रस भनेपछि ब्लड र फल्डको लागि सहयोगी भनी चिनिएको र यसकाे कानुन निर्माण गराउँदै, एक स्वायत्त संस्था बनाउँदै समाज सेवामा अग्रणी बनाउनु पर्नेमा जाेड दिए । कार्यक्रममा बागमती प्रदेशका जनतालाई …

पुरा पढ्नुहॊस »

सत्ताधारी गठबन्धनको भविष्य एक हप्ताभित्र प्रष्ट हुन्छ : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीबम अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठन्धन भत्किने सम्भावना रहेको बताएका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धनको भविष्य टुङ्गो लाग्छ । एक हप्ताभित्र गठबन्धनको भविष्य प्रष्ट हुन्छ ।’ नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय नै चाहिन्छ भनेर हैरान पारेपछि गठबन्धन संकटमा परेको बताए । उनि भन्छन्, ‘पहिले के-के न …

पुरा पढ्नुहॊस »

एमालेबाट अलगिए दुर्गा प्रसाईँ, ओली समक्ष राजीनामा बुझाउँदै

काठमाडौँ । एमाले केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईँले पार्टी परित्याग गरेका छन् । उनले आजको दिनबाट आफू एमालेबाट अलग भएको जानकारी दिए । प्रसाईँले कहिदिन अघि मात्र पूर्व राजपरिवारलाई अघि सारेर झापाको मेचीबाट महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही सिफारिस गरेको थियो । पार्टीले निर्णय नलिँदै उनी आफैँले एमालेबाट अलग भएका हुन् । उ नले आज नै पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेको बताए । पार्टीले ०७८ …

पुरा पढ्नुहॊस »

नेपालले अब टनकपुरबाट पनि विद्युत् भारत निर्यात गर्न पाउने

काठमाडौं । नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारणलाइन विस्तार र व्यापार प्रवर्द्धनमा महत्वपूर्ण निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालकाय सचिव दिनेशकुमार घिमिरे र भारतको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारको सहअध्यक्षतामा शनिबार राजस्थानस्थित माउन्ट आबुमा बसेको बैठकले अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारणलाइन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बैठकमा शुक्रबार सम्पन्न दुई देशबीचका सहसचिवस्तरीय संयुक्त …

पुरा पढ्नुहॊस »

टिपरले बिजुलीको तार छुँदा चालकको गयो ज्यान, सहचालकको उपचार हुँदै

काठमाडाैं । दार्चुलाको मार्मा गाउँपालिका–३ नलबगरमा आइतबार बिहान करेन्ट लागेर टिपर चालकको ज्यान गएको छ । टिपरको ढाला बिजुलीको तारमा लागेर सख्त घाइते भएका कैलालीको लम्कीचुहा नगरपालिका चिसापानी बस्ने २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । उपचारका लागि अस्पताल लैजाने बेला थापाको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । बिहान ९ बजे सडकमा माटो फिलिङ गर्ने क्रममा …

पुरा पढ्नुहॊस »

अबको राष्ट्रपति कांग्रेसबाट बन्ने : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे ।उनले भने, “राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नछन्, त्यसमा कुनै शङ्का छैन।” महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको बताए । पहिलो दल कांग्रेसले सरकार …

पुरा पढ्नुहॊस »

आगोमा जलेर गुल्मीमा एक महिलाको मृत्यु

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । आज उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिए । घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए । पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका सबै शाखाबाट बीवाईडी ग्राहकलाई ८० प्रतिशतसम्म फाइनान्स सुविधा

काठमाडाैं । बीवाईडीका विद्युतीय गाडी खरिदकर्ताले एभरेष्ट बैंकका सबै शाखाबाट फाइनान्स सुविधा पाउने भएका छन्। बीवाईडीको नेपालका लागि अधिकृत बिक्रेता साइमेक्स इन्क पालि र एभरेष्ट बैंकबीच यससम्बन्धी सम्झौता भएको हो। योसँगै खरिदकर्ताले बैंकबाट बीवाईडी गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउनेछन्। यो साझेदारीले सात वर्षसम्मका लागि विशेष प्रतिस्पर्धी ब्याजदरमा सहज फाइनान्स सुविधा पाउने बीवाईडीले जनाएको छ। यसको अर्थ ग्राहकले २० प्रतिशत मात्रै डाउनपेमेन्ट गर्नुपर्नेछ। यसो हुँदा भर्खरै सार्वजनिक भएको अट्टो ३ …

पुरा पढ्नुहॊस »
This will auto close after