कृषि विकास बैंकको सीईओमा गुरुङ नियुक्त

काठमाडौँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

बैंकको सीईओका लागि २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेका थिए । सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तर्वार्ता भएको थियो । उक्तअन्तर्वार्ताबाट गुरुङ छानिएका हुन् ।

गुरुङले ४ वर्षको कार्यकाल सम्म यस बैंकको सिईओ पदमा बसेर काम गर्नेछन । उनलाई शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा गुरुङ छानिएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस