सांकेतिक तस्बिर

आगोमा जलेर गुल्मीमा एक महिलाको मृत्यु

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

आज उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिए । घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए । पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक खत्रीको रिडीमा अन्त्येष्टिको तयारी गरिएको वडाध्यक्ष खत्रीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरणमा प्रहरी इन्स्पेक्टर निलम्बित

काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी निरीक्षक निलम्बित भएका छन् । प्रहरी …

प्रतिकृया दिनुहॊस