बैंकिङ सेवा स्वचालित बनाउन एभरेष्ट बैंक र क्विक फक्सबीच सम्झौता

काठमाडाैं । एभरेष्ट बैंकले आफ्ना विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने कायर्हहरु स्वचालित गर्न क्विक फक्स कन्सल्टिङ प्रालिसँग सम्झौता गरेको छ। योसँगै रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु भएको बैंकले जनाएको छ।

‘एभरेष्ट बैंक निरन्तर रुपमा सबल हुन, प्रतिस्पर्धी रहन र आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आप्mनो अटोमेसनको यात्रा सुरु गरेको हो’, बैंकले भनेको छ।

बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पूरा गर्न धेरै मानव संशाधनहरु समावेश गर्नुपर्ने र मानवीय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरु समेत ढिलो र त्रुटिपूर्ण हुनसक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको बैंकले जनाएको छ।

बैंकका हालसम्म १३ लाखभन्दा बढी ग्राहक छन्। देशैभर बैंकका १२३ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ उपलब्ध छन्। त्यस्तै ३० वटा राजस्व संकलन केन्द्रमा पनि बैंकले सेवा दिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस