रामबाबु गुरुङको ‘फूलबारी’ अष्ट्रेलियामा पनि प्रदर्शन

काठमाडाैं । गएको शुक्रबारबाट नेपालमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘फूलबारी’ अष्ट्रेलियाको विभिन्न शहरमा पनि प्रदर्शन भएको छ।

कलाकारहरु दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनुपम शर्मा शर्मालगायतको अभिनय रहेको यो नेपाली चलचित्रलाई नेपोज एजुकेसन एण्ड भिसा सर्भिसेस र एस पिपुल एण्ड भिसा सर्भिसेसले अष्ट्रेलियाको बिभिन्न शहरहरूमा प्रदर्शन गर्न लागेको हो ।

चलचित्र फुलबारी आज अर्थात १९ फ्रेबुअरीका दिन क्यानभरा ,२० र २२ फ्रेबुअरीका दिन डार्बिन र यसैगरी एडिलेट र मेलबर्नमा फ्रेबुअरी २२ का दिन प्रदर्शन हुने भएको छ । यसपछी फुलबारी तास्मनिया ,ब्रिसबेन र पर्थमा पनि प्रदर्शन हुनेछ ।

यसै क्रममा चलचित्र फुलबारीले फ्रेबुअरी २५ र २६ तारिखका दिन सिड्नीको बैक्स टाउनमा रहेको होयत्स सिनेमा हलबाट प्रदर्शनको शुरूवात हुनेछ । पारिवारिक पिडामा हांस्य रस मिसिएको चलचित्र फूलबारी रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस