काठमाडौं । कुमारी बैंक लिमिटेडले १७ औं वर्ष सफलतापूर्वक सम्पन्न गरी १८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बैक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवंम ग्राहकहरु गरि १०३ जनाले रक्तदान गरेको बताइएको छ ।
कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोगमार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ ।
हाल बैंकले ७२ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटीएमद्वारा आधुनिक बैकिङ सेवा उपलब्ध गराईरहेको छ ।
प्रतिकृया दिनुहॊस