काठमाडौं। बिरेन्द्रनगर सुर्खेत, टिकापुर कैलाली र लमही दाङमा गरी तीन वटा नयाँ शाखाहरु उद्घाटन गरेको छ । त्यसैगरी , बिरेन्द्रनगर सुर्खेत शाखा कार्यालयको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले संयुक्त रुपमा गरे । कैलाली र दाङ शाखाहरुको उद्घाटन समेत बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरेका छन् ।
बिरेन्द्रनगर सुर्खेत शाखा उद्घाटन समारोहमा कर्णाली प्रदेशका मुख्य मन्त्री शाहीले नबिल बैंकले सो प्रदेशमा शाखा खोलेकोमा स्वागत गरेका थिए । उनले बैंकले दिने सेवा सेवा सुविधाहरुबाट कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान मिल्ने विश्वास गरेका छन् ।
बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त खुलेका नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्ने जानकारी दिए । उनका अनुसार नबिल बैंकले ६२ वटा शाखाहरुको सञ्जाल, १०९ वटा एटिएमहरुको संरचना र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथ मुलुकभर विभिन्न एजेन्टहरुमार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसँगै अघि बढ्ने छ ।
प्रतिकृया दिनुहॊस