बुटवल । प्रदेश ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्य झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भैरहवास्थित सरकारी क्वाटरमा झुन्डिएको अवस्थामा आचार्य मृत फेला परेको जानकारी दिए । आचार्य केही समयदेखि डिप्रेसनबाट पीडित थिए ।
चितवन भरतपुर महानगरपालिका–११ जागृतीचोक स्थायी घर भएका आचार्य केही साताअघि मात्रै भैरहवा आएका थिए ।
मंगलबार दिउँसो २ बजेतिर ‘बिरामी छु’’ भन्दै मन्त्रालयबाट क्वाटरमा गएका अर्याल एक्लै कोठामा बसेको र संगै बस्ने साथीहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । उनीसंगै सो क्वाटरमा ३ जना उपसचिव बस्दै आएका थिए ।
प्रतिकृया दिनुहॊस