धरानका मेयर तारा सुब्बाको निधन

धरान । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ। मंगलबार दिउसो १ बजे ५२ वर्षीय सुब्बाको उपचारका क्रममा धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हाे ।

निमोनिया भएका कारण उनी एक महिनादेखि काठमाडौंमा उपचार गराइरहेका थिए। उनको मिर्गौला समेत प्रत्यारोपण गरिएको थियो। उपमहानगर प्रमुख सुब्बाको फोक्सोमा पनि इन्फेक्सन देखिएको चिकित्सकले बताएका छन्।

पार्टीको नगर कमिटि सदस्य उपसचिव, कार्यवाहक सचिव तथा सचिव हुँदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि पनि सुब्बा तेस्रो पटक अध्यक्षको जिम्मेवारी पूरा गरेका थिए । उनी पार्टीमा माधव नेपाल पक्षका मानिन्थे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेसले स्व.नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख …

प्रतिकृया दिनुहॊस