????????????????????????????????????

लायन्स कल्ब अफ वीरगंज सेन्ट्रल सिटि वर्ष २०१८-१९ को अध्यक्षमा गुड्डी जोशी चयन

वीरगंज । लायन्स कल्ब अफ वीरगंज सेन्ट्रल सिटिको वर्ष २०१८-१९ को नयाँ कार्यसमितिको सभापतिमा गुड्डी जोशीलाई चयन गरिएको छ । वीरगंजको नगरसभा गृहमा आयोजित कार्यक्रममा जोशीलाई वर्ष २०१८-१९ को लागि सभापतिमा चयन गरिएको निवर्तमान सभापति लायन विजया ओझैयाले घोषणा गर्दै पद हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स कल्बका पिएमसिसि लायन रमेश अग्रवालले लायन्स क्लब अफ वीरगज सेन्ट्रल सिटीले विगतमा झैं सामाजिक सेवामा लायन्सको गरिमालाई अझै उच्च बनाउने अपेक्षा आफुहरुले लिएको बताउदै बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ वीरगंज ग्रिनका उपाध्यक्ष विजय कुशवाहा, लायन्स कल्बकी डिस्ट्रीक एडभाइजर मिनाक्षी गुप्ता, डिस्ट्रीक चीफ उमेश साह कानु, रिजन चेयर पर्सन बासु तिमल्सीना, डिस्टीक कोर्डिनेटर अनामिका पुजारी, जोन चेयर पर्सन राघव आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा क्लबकी सदस्यहरु प्रिया सिलवाल, आश्मा सिंह यादव, मनिषा कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस