कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य, सञ्चालकमा ६ जना नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको गत सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले आचार्यलाई साे पदमा नियुक्त गरेको हो ।

कम्पनीको ११औँ वार्षिक साधारणसभाले संस्थापक र साधारण समूहबाट गरी ६ जनालाई सञ्चालकमा निर्वाचित गरेको छ । सभाले संस्थापक समूहको अन्तर्गत ३ जना संचालकहरु सुदिप आचार्य, भिमप्रसाद तुलाचन र चतुराखर अतिकारी निर्वाचित भएका छन् । यसका साथै सर्वसाधारण समूह अन्तर्गत ३ जना संचालकहरु देवकृष्ण काफ्ले, विश्वेस्वर सुवेदी र वलराम बराल निर्विरोध निर्वाचित भएका छन् ।

सो साधारणसभा पश्चात बसेको संचालक समितिको २५३ औँ बैठकले संचालक समितिको अध्यक्षमा आचार्यलाई सर्वसम्मत चयन गरेको बैंकले जानकारी दिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस