एनसेलद्धारा दुरसञ्चार सेवा शुल्क समायोजन, ल्यायो आर्कषक नयाँ भ्वाइस तथा डेटा प्याक

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले यहि मंगलबारबाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जन अनुरुप नयाँ दुरसञ्चार सेवा शुल्क दर लागु हुने घोषणा वताएकाे छ । नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको कर अघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन । यसका साथै डेटा तथा भ्वाइस सेवामा आफ्ना ग्राहकलाई सुलभ रुपमा थप मूल्य प्रदान गर्न कम्पनीले नयाँ योजना पनि ल्याएकाे छ।

दुरसञ्चार सेवा शुल्कमा भएको परिमार्जन लागु गर्ने क्रममा कम्पनीले आफ्ना सम्पूर्ण सेवाको मूल्य कर बाहेकको दरमा ग्राहकलाई सुसूचित गर्ने र उक्त मुल्यमा यहि श्रावण १ गते मंगलबार देखि नयाँ सेवा शुल्क लागु हुने वताएकाे छ । नेपाल सरकारले समसामयिक कर असुली ऐन अन्तर्गत गरेको आदेश तथा आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा गरेको घोषणामा भ्वाइस तथा अन्य दुरसञ्चार सेवामा लाग्दै आएको ११ प्रतिशत दुरसञ्चार सेवा शुल्कलाई १३ प्रतिशत कायम गरिएको र इन्टरनेट सेवामा पनि १३ प्रतिशत सेवा शुल्क लगाइएको छ ।

यसका साथै आफ्ना ग्राहकको सुविधाको लागि कम्पनीले यहि श्रावण १ देखि ९० दिनको लागि लागु हुने गरी ल्याएको नयाँ योजनामा एनसेलले आफ्ना ग्राहकलाई थप डेटा भल्युम सहितको विभिन्न नयाँ दैनिक, ३ दिने, साप्ताहिक र मासिक डेटा प्याकहरु ल्याएको छ । यससँगै भ्वाइस सेवामा थप टक टाईम प्रदान गर्दै कम्पनीले नयाँ दैनिक, ३ दिने, साप्ताहिक, मासिक, डे तथा डे अनलिमिटेड भ्वाईस प्याकहरु ल्याएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि प्याक सुचारु गरी थप लाभ लिन सक्नेछन् ।

नयाँ डेटा योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकलाई शुल्कको थप मुल्य प्रदान गर्ने गरी आकर्षक प्याक ल्याएको छ । उदाहरणका लागि दैनिक प्याकमा ग्राहकले मात्र रु ९ मा ३५ एमबि डेटा खरिद गर्न सक्ने र त्यसमा थप ३५ एमबिको फोरजि डेटा भल्युम बोनस स्वरुप निःशुल्क प्राप्त गर्नेेछन् ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी दिइएको डेटा प्याकमध्ये कुनैपनि विकल्प रोजी सहजै आफनो आवश्यकता बमोजिमको कुनै पनि डेटा प्याक सुचारु गर्न सक्छन् ।

एनसेलले एसएमएस प्याक, अन्तर्राष्ट्रिय रोमिङ्ग र रोमिङ्ग प्याक, बिज प्लान र एनसेल कोसेली सेवाको कर अगाडिको शुल्क घटाएको छ । लोकल कलमा लाग्दै आएको कर बाहेकको दर रु १.९९ प्रति मिनेटमा कुनै परिवर्तन गरिएको छैन । यसका साथै एसएमएस, डेटा सेवा अन्तर्गतको पे एज यु गो, सापटि तथा पोष्टपेड सेवाको प्याकहरुको कर अघिको शुल्कमा पनि कुनै परिवर्तन गरिएको छैन । भ्वाइस, डेटा लगायतका सबै सेवाको नयाँ शुल्क तथा योजनाको बारेमा सबै जानकारी एनसेलको आधिकारीक वेबसाइट www.ncell.axiata.com मा पनि उपलब्ध रहेकाे कम्पनीले जानकारी गराएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस