news

निगमको दोस्रो वाइड बडी ‘मकालु’ पनि आइपुग्यो

काठमाडौं ।   नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी एयरबस ए३३० विमान काठमाडौंमा अवतरण गरेको छ । उक्त एयरबसलाई ‘मकालु’ नाम दिइएको छ । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ असार १४ गते काठमाडौं आइसकेको छ । निगमका अनुसार दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ …

पुरा पढ्नुहॊस »

भरतपुर महानगरपालिका र अटो चालकबीच पाँचबुँदे सहमति

चितवन ।  भरतपुर महानगरपालिका र  आन्दोलनरत अटो चालकबीच पाँचबुँदे सहमति भएको छ । अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको छ । भीड नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भए ।  गोली लागेर घाइते भएका महेन्द्र सुनारको उपचार महानगर र जिल्ला प्रशासन कार्यालयले गर्ने सहमति भएको छ । सहमतिअनुसार भरतपुर महानगरको राजमार्ग क्षेत्रमा अटो …

पुरा पढ्नुहॊस »

रसुवामा भीषण पहिरोः ४ जनाको मृत्यु ,११ जना सम्पर्कविहीन

काठमाडौं । अविरल वर्षाको कारण रसुवा जिल्लाको  गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा गएराति भीषण पहिरो गएको छ । पहिरोमा  परी ४ जनाकाे ज्यान गएकाे छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् । पहिराेले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो । पहिराेमा ज्यान गुमाएका र हराइरहेकाहरूकाे पहिचना खुलेकाे छैन । बजार क्षेत्र भएकाले स्थानीयका अलावा यात्रु, …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंक र नर्भिक हस्पिटलबीच सम्झौता

काठमाडौं ।काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट पाउने छन् । सिद्धार्थ बैंक र नर्भिक हस्पिटलबीच भएकाे सम्झौता अनुसार बैंकका ग्राहक तथा ग्राहकका परिवारहरुले नर्भिक हस्पिटलमा स्वास्थ्य सेवा लिँदा सो मात्राको छुट पाउने भएका हुन् । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले डेविट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र सिद्धार्थ यूनो क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा विशेष १२ प्रतिशतसम्मको छुट पाउने छन् ।

पुरा पढ्नुहॊस »

‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम बक्सियोस’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम बक्सियोस’ सार्वजनिक भएको छ । उक्त चलचित्रको   गीतलाई गम्भीर बिस्टले निर्देशन गरिरहेका छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर छ । गीतलाई शिवराम श्रेष्ठले छायांकन गरिरहेका छन्। फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय छ।

पुरा पढ्नुहॊस »

माइक्रोको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । धुलिखेलमा माइक्रोले ठक्कर दिदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । काठमाडौं जाँदै गरेको ना१ज ५२१५ नम्बरको माइक्रो बसले भकुण्डेतर्फ जाँदै गरेको ज११प १२९७ नम्बरको मोटरसाइकललाई धुलिखेल-९ पानीट्याङकी नजिकै ठक्कर दिएको थियो । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।  मृत्युको सनाखत हुन सकेको  छैन ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले मालपोत कार्यालयकोे राजस्व संकलन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले यही साउन ६ गते देखि मालपोत कार्यालय चितवनको राजश्व संकलन सेवा शुरु गरेको छ । बैंकले चितवनमा रहेको मालपोत कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात गरेको हो । बैंकले यसअघि  यातायात व्यवस्था कार्यालय सतुङगल, यातायात व्यवस्था कार्यालयहरु- गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ । त्यस्तै  परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी …

पुरा पढ्नुहॊस »

भरतपुरमा प्रहरी र अटोरिक्सा चालकबीच झडप

चितवन । चितवनको भरतपुरमा प्रहरी र अटोरिक्सा व्यवसायीबीच झडप भएको छ। अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीहरुलाई लाठी चार्ज गर्दै दर्जनौ सेल अश्रु ग्यास र हवाइ फायर गरेको छ । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेर ध्वस्त पारिदिएका छन् । आन्दोलनकारीहरुले एक घण्टा बन्दसहित चोकमा रहेको प्रहरीको बिटमा आगो लगाउन …

पुरा पढ्नुहॊस »

पाकिस्तानमा मतदान केन्द्र नजिक विस्फोट, २७ को मृत्यु

पाकिस्तान । पाकिस्तानमा राष्ट्रिय र प्रदेशीय मतदान जारी रहँदा क्वेटाको मतदान केन्द्र नजिकै भएको विस्फोटमा परि २७  जनाको मृत्यु भएको छ । क्वेटा प्रान्तमा भएको एक मतदान केन्द्र नजिक बिस्फोट भएको बिबिसीले उल्लेख गरेको छ । घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा ज्यान गुमाउनेमा प्रहरी पनि रहेका छन् ।

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकबाट डिम्याट खाता खोल्न सकिने

काठमाडौं । अब कृषि विकास बैंक लिमिटेडको जुनसुकै शाखाबाट हितग्राही (डिम्याट) खाता खोल्न सकिने भएकाे छ । उक्त निक्षेप सदस्यका लागि बैंकले सडियस एण्ड क्लियरिङ्ग लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौताबाट यस बैंक तथा अन्य कम्पनीका सेयरधनीहरुले समेत कृषि विकास बैंकमा हितग्राही खाता खोली सेवाको उपभोग गर्न सक्ने छन् ।

पुरा पढ्नुहॊस »