news

दिल्लीमा १६ नेपाली युवतीको उद्दार

काठमाडौं । भारतको नयाँ दिल्लीबाट गएराति १६ नेपाली युवतीको उद्दार गरिएको छ । नेपालबाट दिल्ली हुँदै कुवेत र इराक लैजान लाग्दा दिल्ली महिला आयोगले उद्दार गरेको हो ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई आर्थिक सहयोग

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई रू७२०,०००। कोआर्थिक सहयोग उपलब्ध गराएको छ ।  महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले सात लाख २० हजारको चेक महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरलाई हस्तान्तरण गरे । प्रत्येक महिनाको पहिलो हप्ता “Best  Police  of  the  Month, Lalitpur” कार्यक्रम संचालनका निम्ति सिटिजन्स बैंकले हरेक महिना तीन विधामा …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।                          2018_7_  25,                 Currency                                       Buy                         Sell

पुरा पढ्नुहॊस »

नबिल बैंकको ३४औं बाषिर्कोत्सवमा फुटसल प्रतियोगिता

काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं बाषिर्कोत्सवको अवसर पारेर बैंकका विभिन्न विभाग तथा शाखाहरुबीच फुटसल प्रतियोगिता आयोजना गरेको छ । उक्त प्रतियोगितामा  २ वटा महिला टिम लगायत १८ वटा टिमहरुको सहभागिता भएको थियो ।खेलको नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले बल हस्तान्तरण गरि शुभारम्भ गरे । फुटसल प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई नबिल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गरे । प्रतियोगितामा उपत्यकामा …

पुरा पढ्नुहॊस »

भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

चितवन । भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताइन् । विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टा भर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको छ । दाहालले फाउण्डेशनका तर्फबाट छिटोजग्गाको टुंगो लगाउन ताकेता भइरहेको जानकारी दिँदै आज रामपुरको जग्गा नापजाँच …

पुरा पढ्नुहॊस »

दार्चुलामा पहिरोले पुरिएर एकको मृत्यु

काठमाडौं ।  दार्चुलामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओड रहेका छन् ।आज बिहान २ः३० बजे सुतिरहेका बेला माथिबाट आएको पहिरोमा पुरिएर ओडको घटनास्थलमै ज्यान गएको हो । ओडसँगै घरमा सुतिरहेका अन्य ४ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

पुरा पढ्नुहॊस »

जापानमा गर्मीका कारण ६५ जनाको मृत्यु , प्राकृतिक विपत्तिको घोषणा

टोकियो । जापानमा अत्यधिक गर्मीका कारण ६५ जनाको मृत्यु भएपछि मौसम एजेन्सीले देशभरी चलेको तातो हावाको आँधीलाई आपतकालको घोषणा गरिएको छ । गत हप्तादेखि लगातार बढिरहेको गर्मीको कारण जापानमा पहिलो पटक तापक्रम ४१.१ डिग्री सेल्सियस पुगेको छ । टोकियो नजिक रहेको साइतामा स्थित कुमागयामा सोमबार दिउँसो तापक्रम ४१.१ डिग्री सेल्सियस पुगेको हो । गर्मीका कारण पछिल्लो २ हप्तामा जापानभरमा ६५ जनाको मृत्यु भएको र ३० हजारभन्दा बढि उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

पुरा पढ्नुहॊस »

सिभिल बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाललाईफ इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे ।  बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफसँग उक्त सम्झौता गरेको हो । अब रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरु माफत उपलब्ध गरी ग्राहक बर्गलाई …

पुरा पढ्नुहॊस »

सरकार र केसीका प्रतिनिधिबीच सकारात्मक वार्ता हुँदै

काठमाडौं ।  चिकित्सा शिक्षा सुधारका माग राखेर अनशनरत प्राध्यापक डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु भएको छ। अनशनको २५ औं दिनमा  डा . केसी तथा सरकारी वार्ता टाेलीबीच पहिलोपटक मंगलबार वार्ता भएको थियो। बुधबार बिहान ९ बजेदेखि   पुनः  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा मंगलबारको वार्तामा मिल्न बाँकी रहेका विषयमा टुंगोमा पुग्ने तयारी छ। केसी पक्ष र सरकारबीच मंगलबारको वार्ता सकारात्मक रूपमा अघि बढेको दुवै …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकका एक साथ पाँच नयाँ शाखा संचालनमा

काठमाडौं ।  लक्ष्मी बैंकले  सोलुखुम्बुको थुलुङ्ग दुधकोसि, ताप्लेजुङ्गको पाथीभारा याङ्गवारक गाउँपालिका र सिधिङ्गवा गाउँपालिका , सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा गरी एकैसाथ आफ्नो ५ नयाँ शाखा संचालनमा ल्याएकोे छ । यससँगै लक्ष्मी बैंकको शाखा संख्या ९४ पुगेको छ ।

पुरा पढ्नुहॊस »