अपहरित ९ वर्षे बालकको हत्या

काठमाडौं ।  बारामा १५ लाख रुपैयाँ फिरौती लिएर पनि एक बालकको हत्या गरिएको छ । जितपुर सिमरा उपमहानगरपालिका  ७ जितपुर बजारका व्यापारी ललनप्रसाद गुप्ताका  ९ वर्षीय छोरा अंकितको अपहरणपछि १५ लाख रुपैयाँ फिरौती लिएर  हत्या गरिएको  हो । बालक डेढ महिना अघि साथीको घरमा खेल्न गएका बेला अपहरणमा परेका थिए ।

अंकितको शव पर्साको गण्डक नहरमा बोरामा कसेर फालिएको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ । अपहरणमा परेको  केहि दिनपछि डेढ करोड भारु फिरौती माग गरिएको थियो ।

तर अन्तमा १५ लाख नेपाली रुपैयाँमा अंकितलाई अपहरणमुक्त गराइ दिने भनेका थिए । असार ३२ गते भारतको बिहारमा गएर अपहरणकारीलाई १५ लाख रुपैयाँ दिईएको थियो ।  घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अजय पटेल, वीरगंज रानीघाटका रामनरेश साह र ताज मियाँ रहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा …

प्रतिकृया दिनुहॊस