news

एनआईसी एशिया बैंक र नेशनल लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् । उक्त  सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु किन्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मियो

एजेन्सी  ।  भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै हैरान छन् । आमा निकिताले गर्भ रहेको २५ औँ हप्तामै छोरी जन्माएका कारण बच्चीको तौल यति कम भएको हो ।  डाक्टरका अनुसार सामान्य तालिका भन्दा ४ महिला पहिले बच्चीको जन्म भएको हो । बच्चीको लम्बाई २० सेन्टिमिटर मात्र रहेको छ …

पुरा पढ्नुहॊस »

धादिङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । धादिङमा भुकम्पको ठुलो धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको  गजुरी आसपास क्षेत्रलाई  केन्द्रबिन्दु बनाएर  बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको  हो ।  

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र गुराँश लाईफ इन्स्योरेन्सबीच बैंंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) र गुराँश लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंंकास्योरेन्स सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । उक्त  सम्झौता अनुसार अब एनसीसी बैंकका ग्राहकले विभिन्न शाखा कार्यालयबाट गुराँस लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

ग्रिसमा भीषण आगलागी, २० जनाको ज्यान गयो

काठमाडौं । ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ। राजधानी एथेन्स वरपरका जंगलमा फैलेकाे अागाेमा जलेर दर्जनौं घाइते भएका छन् भने १० जना पर्यटक हराइरहेका छन् । बीबीसीका अनुसार, मातीको समुद्री तटमा रहेका रिसोर्टमा कैयन फसेका छन् । आगो फैलन सक्ने खतरा भएका वस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । ग्रिस सरकारका प्रवक्ता डिमिथिस टान्जाकोप्लोसले मंगलबार बिहान मृतकको संख्या २० पुगेको बताएका छन् । १०४ …

पुरा पढ्नुहॊस »

कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिने

काठमाडौं ।सरकारले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ ।सोही निर्देशन बमोजिम उनले राजीनामा दिन लागेका हुन् । उनले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ । मन्त्री तामाङले चाबहिलस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीमा एसईई उत्तीर्णलाई गरिएको सम्मान कार्यक्रममा  बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली छात्राहरुले आफ्नो अस्मिता नबेची प्रमाणपत्र नपाउने गरेको बताएपछि उनको सर्वत्र आलोचना भएको थियो । आलोचना पछि मन्त्रीले विज्ञप्ति निकालेर माफी मागेका थिए । डा. …

पुरा पढ्नुहॊस »

रिलायन्स सुगर मिलको आगो नियन्त्रणमा

काठमाडौं । बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्ड्रस्टि्रजमा आगलागी भएको २ घण्टापछि नियन्त्रणमा आएको छ ।आज  विहान ११ः४५ तिर उद्योगमा आगलागी भएको हो । आगो वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका, आयल निगम क्षेत्रीय डिपो अमलेखगञ्जको समेत गरी ७ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।आगलागीबाट के कति क्षतिको भयो विवरण  आउन बाकीँ ।

पुरा पढ्नुहॊस »

मेगा बैंक नवौँ वर्षमा

काठमाडौँ । मेगा बैंक नवौँ वर्षमा प्रवेश गरेको छ । बैंकले स्थापनाको ८ औं बसन्त पार गर्दा लगानीकर्तालाई ५६.८६ प्रतिशत लाभांश वितरण गरिसकेको जानकारी दिएको छ । । यस्तै बैंकले २० करोड रुपैयाँ लगानी गरेर सेयर रजिष्ट्रारको काम गर्नका लागि मेगा क्यापिटल लिमिटेड स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले १० अर्ब ५७ करोड चुक्ता पुँजी पुगेको र १०२ वटा शाखासहित सेवा विस्तारमा …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गण्डकी विकास बैंक र युनियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र युनियन लाइफका सीईओ मनोजकुमार लाल कर्णले हस्ताक्षर गरे । सम्झौता  पश्चात युनियन लाइफले जारी गर्ने विभिन्न जीवन बिमा योजनाहरु गण्डकी विकासको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् ।

पुरा पढ्नुहॊस »

आइएमई पे र नेपाल वायुसेवा निगमवीच सम्झौता

काठमाडौं।  ‘आइएमई पे’ र नेपाल वायुसेवा निगमवीच हवाई टिकट खरिद गर्न सक्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर  गरेका छन् । सम्झौता अनुसार ‘आइएमई पे’ मा आवद्ध सेवाग्राहीहरूले ‘आइएमई पे’ को प्रयोग गरि नेपाल वायुसेवा निगमद्वारा संचालित विभिन्न गन्तव्यका लागि उडान भर्ने जहाजको टिकट निकट भविष्यमै खरिद गर्न सक्नुहुनेछ …

पुरा पढ्नुहॊस »