चलचित्र ‘नाईं नभन्नू ल ५’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । बसन्त पापकोटाको संगीत रहेको नाईं नभन्नू ल गीतमा मेलिना राईको स्वर तथा दिनेश थपलियाको शब्द छ । झापा र इलाममा छायाँकन गरिएको यो गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । छायाँकन पुरुषोत्तम प्रधानको छ ।
विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ५’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा स्वस्तिमा र अभिषेकसँगै अनुभव रेग्मी, सेड्रिना शर्मा, प्रियंका कार्की, केकी अधिकारी लगायतको अभिनय छ ।
तपाईंको प्रतिकृया




