गरिमा विकास बैंक र सानिमा बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र सानिमा बैंकबीच सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र सानिमा बैंक लिमिटेडको तर्फबाट चिफ फाईनान्स अफिसर सरोज गुरागांईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार सानिमा बैंकका देशभर सञ्चालनमा रहेका  शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री