सिटिजन्स बैंकले साउन १५ देखि एफपिओ निष्काशन गर्ने

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साउन १५ गतेदेखि एफपिओ निष्काशन गर्ने भएको छ ।

बैंकले ९ करोड २७ लाख रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्रि गर्न लागेको हो। बैंकले एक सय अंकित मुल्यमा प्रिमियम थप गरेर प्रति कित्ता २०० रुपैयाँमा एफपीओ बिक्रि गर्ने छ ।

बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ता छिटोमा साउन १८ गतेसम्म र त्यस अवधिमा माग अनुसारको आवेदन नपरेमा ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम ५० कित्ता  र अधिकतम २ हजार ३ सय कित्तासम्मको आवेदन दिन पाइने छ। बैंकले एफपिओ जारी गरेसँगै संस्थापकतर्फ ५१ प्रतिशत अर्थात ४ अर्ब १२ करोड रुपैयाँ र सर्वसाधारणतर्फ ४९ प्रतिशत अर्थात् तीन अर्ब ९५ करोड रुपैयाँ पुग्ने छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस