news

जनता बैंकका कर्मचारीलाई तालिम दिँदै एनबीआई

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले  तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनता बैंक नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाले हस्ताक्षर गरे। सम्झौताअनुसार एनबीआईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार जनता बैंक ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर …

पुरा पढ्नुहॊस »

सिंगापुरले नेपाललाई दियो १ सय ५२ रनको लक्ष्य

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई दियो  १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरलले ४२ ओभरमा सबै विकेट गुमाउँदै   १ सय ५१ रनमा अलआउट भएको हो । नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३-३ विकेट लिए। सोमपाल कामिले २ र वसन्त रेग्मीले १ विकेट हात पारे ।

पुरा पढ्नुहॊस »

आज  कृष्णअष्टमी,श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

काठमाडौं  । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।आजको दिनमा विशेष गरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउँछन् । यसोगरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रही आएको छ । आजको दिन पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडाैंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत …

पुरा पढ्नुहॊस »

रोल्पामा साढे ६ वर्षीया बालिका बलात्कृत

रोल्पा ।  रोल्पामा साढे ६ वर्षीया बालिका बलाकृत भएकी छिन्। प्रहरीका अनुसार पूर्वीरोल्पाको खुमेलमा १२ दिन अगाडि बालिका बलात्कृत भएकी हुन्। उनलाई गाउँकै आफन्त पर्ने १५ बर्षीय एक किशोरले बलात्कार गरेका हुन् । उनले बालिकालाई अरुलाइ नभन्नु भन्दै तर्साएकाले बालिकाले आफु बलात्कृत भएको कतै भनेकी थिइनन्। बालिकाका आफन्तका अनुसार बलात्कार भएकी बालिका केही दिनदेखि बिरामी पर्न थालेकी थिइन। शुक्रबार छोरी  बिरामी भएपछि अामाले उपचारका लागि  प्युठानको प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री …

पुरा पढ्नुहॊस »

पिउन पदका लागि पिएचडी गरेका ३७ सय जनाले दिए आवेदन

एजेन्सी । जागिरको खोजीमा लाग्नेहरुकाे लाइन नेपालमा पनि सानो छैन । बेरोजगार रहनु भन्दा आफ्नो योग्यता भन्दा निकै कम योग्यता भए पुग्ने पदका लागि पनि फारम भर्ने यहाँ पनि छन् । यस्तै घटना भएकाे छ भारतमा । भारत उत्तर प्रदेशमा पछिल्लो समय पिएचडी अर्थात विद्यावारिधी गरेकाहरुले पनि पिउन पदका लागि आवेदन दिएको खुलेको छ । कक्षा पाँच पास गरेको शैक्षिक योग्यता भए पुग्ने पदका लागि पिएचडी तथा स्नातकोत्तर गरेकाहरुले पनि आवेदन …

पुरा पढ्नुहॊस »

बराहक्षेत्र नगरपालिकाका मेयर खनाल असन्तुष्ट

बराहक्षेत्र ।  बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल राष्टिय महाधिवेशनमा एउटा सक्षम व्यक्तिलार्इ नलगेकाे भनीअसन्तुष्ट बनेका छन् । लाेकप्रिय खनाल  सबै स्थानीयकाे  घर घरमा पुगेर समस्या बुझ्ने गर्छन । उनी सबै नगरबासीको कुरा सुन्ने र सबैका प्रिय छन् ।  जनताको प्रतिनिधि भनेर जनताको सार्वभाैमसत्र्ताबाट सम्पन्न भएको जनप्रतिनिधिलाई पार्टीले नोमिनेशन प्रक्रियामा नलगेर तथा प्रदेश प्रदेशमा नलगेर पार्टीले मात्रै  छनाेट गर्ने  हो भने अब हाम्रो भुमिका के हुने त ? भनेर खनाल प्रश्न …

पुरा पढ्नुहॊस »

ज्ञानेन्द्र मल्ल ११ रनमा आउट

काठमाडौं । ज्ञानेन्द्र ११ रनमा आउट भएका छन् । एसिया कप छनोट क्रिकेटमा आयोजक मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो ।  यसअघि नेपालले पहिलो विकेटको रुपमा सुवास खकुरेललाई ९ रनमा गुमाएको थियो भने अहिले नेपालको ९ ओभरको समाप्तिमा २ विकेट गुमाएर ४१ रन बनाएको छ । वर्षाका कारण ढिलो गरी सुरु भएको खेल ३०-३० ओभरमा …

पुरा पढ्नुहॊस »

चलचित्र ‘अनुराग’को ट्रेलर सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘अनुराग’को ट्रेलर सार्वजनिक भएको छ । एरिका फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् । चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना, कमलमणी नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

पुरा पढ्नुहॊस »

जेसीबी जेएस१२० एस्काभेटर सार्वजनिक

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले एकसय २० टनको नयाँ एस्काभेटर सार्वजनिक गरेको छ ।जेसीबीले नयाँ जेएस १२० एस्काभेटर सार्वजनिक गरेको हो । प्रति घन्टा ८ प्रतिशत कम इन्धन खपत गर्ने यो एस्काभेटरको बकेट क्यापासिटी ०.५ देखि ०.६५ क्युबिक मिटरसम्म रहेको छ । यसको अधिकतम इन्जिन पावर ६० किलोवाट रहेको छ । जेसीबी जेएस१२० मा अत्याधुनिक टेलेम्याटिक्स प्रविधि लाइभलिंक जडान गरिएको …

पुरा पढ्नुहॊस »

बिमस्टेक शिखर सम्मेलन सम्पन्न

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन  सम्पन्न भएको छ। भदौ १४ र १५ गते  काठमाडौंको सोल्टी होटलमा  सम्पन्न बिमस्टेक चौथो शिखर सम्मेलनको व्यापार, लगानी र उर्जामा सहकार्य गर्ने प्रतिवद्धता सहित १८ बुँदे काठमार्डौ घोषणापत्र जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन सकिएको छ । सममेलनमा विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड …

पुरा पढ्नुहॊस »