युएईले नेपाललाई दियो २ सय ५५ रनको लक्ष्य

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा युएईले नेपालसामु   ९ विकेटको क्षतिमा निर्धारित  २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युएईका लागि चिराग सुरीले सर्वाधिक ६५ रन बनाए। उनले सन्दिपको बलमा दीपेन्द्र सिंह ऐरीबाट रन आउट गराउनु अघि ९१ बल खेल्दै १ छक्का र ७ चौका प्रहार गरेका थिए।

नेपालका लागि सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २ मेडनसहित २४ रन खर्चिएर ४ विकेट लिए। नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ ।

 

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री