गार्डियन माइक्रो लाइफको साधारण शेयर निष्काशनका लागि कुमारी क्यापिटल नियुक्त

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको २२,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरूमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सुरक्षित भोलिको लागि स्मार्ट लगानी भन्ने उद्देश्यका साथ स्थापित गार्डियन माइक्रो–लाइफ इन्स्योरेन्स नेपालको पहिलो पूर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुजीवन बीमा कम्पनी हो, जसमा १४ हजार भन्दा बढी पोलिसीहोल्डर तथा ५०० भन्दा बढी एजेन्ट रहेका छन् र केन्द्रीय कार्यालय सहित शाखा उप शाखा तथा एक्सटेसन काउण्टर गरी देशभर २६ कार्यालयहरूबाट आफ्नो सेवा प्रदान गर्दै आईरहेकोछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्यांकर चालक संघ र निगमबीच सहमति, पेट्रोलियम ढुवानी सुचारु

काठमाडौँ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् । उद्योग …

प्रतिकृया दिनुहॊस