भूकम्पको केन्द्र बिन्दु गोरखामा ५० प्रतिशत पुनर्निर्माण

काठमाडौं ।  भूकम्पको केन्द्र बिन्दु गोरखामा अहिलेसम्म ५० प्रतिशत घरको मात्र पुनर्निर्माण हुन सकेको छ । २०७२ वैशाख १२ मा गोरखाको वारपाकलाई केन्द्र बनाई गएको शक्तिशालीभूकम्पकाकारण ६१ हजार तीन सय  घर भत्किएकाथिए । भत्किएका घरमध्येजम्मा ३० हजार दुई सय ३० वटा घरमात्र बनेको छ ।

५८ हजार पाँच सय १७ जना लाभग्राहीले पहिलो किस्ता रकम लगेकाथिए’, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार गोरखाका प्रमुख रामकुमार श्रेष्ठले भने, ‘अहिलेसम्म ३० हजार दुई सय ३० जनाले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लगेका छन्

।’ २८ हजार २ सय ८७लाभग्राहीले अझै तेस्रो किस्ताअनुदानपाउनबाँकी छ । ४८ हजार ८ सय५० जनाले दोस्रो किस्ता लगेका उनले बताए ।

पुनर्निर्माणको कामले गतिलिननसकेपछि गत पुस महिनाभित्र दोस्रो किस्तार चैत मसान्तभित्र तेस्रो किस्तालिइसक्न सरकारले आग्रह गरेको थियो । निर्धारित समयभित्रएकतिहाईमात्रप्रगति भएपछि प्राधिकरणले फेरि असारभित्र दोस्रो किस्ता र आउँदो पुसभित्र तेस्रो किस्ता लिइसक्न आग्रह गरेको थियो । दोस्रो पटकको समयसीमा भित्र ५० प्रतिशत घर पुनर्निर्माण भएको हो ।

प्रारम्भिक सर्वेक्षण अनुसार भूकम्पले गोरखामा७४ हजार तीनसय ८९ घरधुरीभत्किएकाथिए ।उनीहरुलाई सरकारले टहरोबनाउन १५ हजार रुपैयाँअनुदानदिएको थियो । पुनसर्वेक्षणमा६१ हजार तीन सय ९३ घरधुरी मात्रै अनुदानपाउने सूचीमा परेकापुनर्निर्माण प्राधिकरणको जिल्लाआयोजनाकार्यान्वयनइकाइकाशिवप्रसादपौडेल बताउँछन् । ‘पहिलो चरणको तथ्यांकको आधारमादोस्रो चरणमा विस्तृत अध्ययनगर्दा केही घर अनुदाननपाउनेमा परे’,पौडेलले भने, ‘दुई ठाउँमा घर हुनेहरुको नामकाटिए ।

प्रबलीकरण गरे हुने खालका घरधनीको नामपनिकाटियो ।’६१ हजारमध्येपनिजम्मा५८हजार पाँच सय१७जनाले मात्रपहिलो किस्ताको रकमलिएका छन् ।गुठीको जग्गामा परेका, बुढीगण्डकी डुबान क्षेत्रमा परेकातथाअन्यत्रै पुनस्थापित गराउनुपर्ने घरधनीलाई पहिलो किस्तानदिइएको कार्यालयले जनाएको छ ।

बारपाकमा भत्किएका एकहजार तीनसय घरधुरीमध्येभूकम्पगएको ४१महिना बितिसक्दा करिब आठसय पाँचघर मात्रपुनर्निर्माण भएका पुनर्निर्माण प्राधिकरणका त्यहाँ खटिएका इञ्जिनियर डिकेन्द्र आइत्यूले जानकारी दिए ।

पुनर्निर्माणको सबैभन्दाकमप्रगतिहिमाली ठाउँ चुमनुब्रीगाउँपालिकामाभएको छ । भत्किएकाएकहजार सातसय७१ घरमध्ये जम्मा एकसय ९६ घरको मात्रपुनर्निर्माण भएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

साविक सिर्दीबासगाविसभरि भत्किएका पाँचसय एक घरधुरीमध्येजम्मा ८२ घरले मात्र तेस्रो किस्ता लगेका छन् । त्यस्तै सामागाउँगाविसका २ सय ७घरधुरीमध्ये ११जनालाभग्राहीलेमात्रतेस्रो किस्ता लगेका छन् ।‘प्रोकको १ सय ८४ घरधुरीमध्ये १८ घरमात्रैनिर्माण सम्पन्नभएको तथ्यांक छ’,अनुदानवितरण तर्फकाकर्मचारी अर्यालले भने, ‘ल्होगाविसको २ सय १४ लाभग्राहीमध्ये ५ जनाले मात्रै तेस्रो किस्ता लगेका छन् ।बिहीको १ सय ७१ मध्ये ४३ जनाले, छेकम्पारको २ सय ५८ मध्ये १० जनाले मात्रै रचुम्चेतको २ सय ३६ जनामध्ये २७जनाले मात्रै तेस्रो किस्ता लगेकाछन् ।’

दुर्गममा रहेको धार्चे गाउँपालिकाको पुनर्निर्माण प्रगतिपनिन्यून छ । धार्चेको दुईहजार ८ सय ९८ जनालाभग्राहीमध्येनौसय७६ जनाले मात्रै तेस्रो किस्ता लगेकाकार्यालयले जनाएको छ ।

सबैभन्दाजोखिमको बस्ती भनेर चिनिने केरौंजाको ८ सय ८८ घरधुरी मध्ये १सय३३ घर मात्रै पुनर्निर्माण भएका छन् । त्यस्तै लापुका ५सय २५ मध्ये १ सय ४२ जना, उहियाको ३ सय ४४ घरधुरीमध्ये १६८ घरधनी, काशीगाउँको ४ सय ६३ लाभग्राहीमध्ये २ सय ६ ले रगुम्दाको ६ सय ७८ घरधुरीमध्ये ३ सय २७घरधुरीले मात्रै अन्तिमकिस्ताको रकम लगेकोकार्यालयले जनाएको छ ।

बारपाक सुलीकोटगाउँपालिकाका ६ हजार २ सय ६५ जनालाभग्राहीमध्येअसारमसान्तसम्मचारहजार १ सय १४ जनाले मात्रै घर निर्माण सम्पन्न गरी अन्तिमकिस्ता लगेका छन् ।साविककागाविसहरु बारपाकको १हजार २ सय ८७मध्य ८ सय ५ जनाले, सौरपानीको १हजार ५ सय ५२ मध्ये १ हजार ५३ जनाले, स्वाँराका ९ सय १२ जनामध्ये ५ सय १७जनाले, ताकुकोटका ९ सय ८ मध्ये ६ सय २२ जनाले, ताकुमाझलाँकुरीबोटका ६ सय ४९ मध्ये ४ सय ९२ जनाले, पन्द्रुङको ४ सय१८ मध्ये २ सय ५९ जनाले रपाँचखुवादेउरालीका ५ सय ३९ मध्ये ३ सय ६६ जनालाभग्राहीले अन्तिमकिस्तालगेकाकार्यालयको तथ्यांकमाउल्लेख छ ।

भूकम्पले धेरै क्षतिभएको अजीरकोटगाउँपालिकाकातीनहजार सातसय ४४ घरधुरीमध्येजम्मा२ हजार ४१ घर मात्रनिर्माण सम्पन्नभएका छन् । कार्यालयको अभिलेख अनुसार साविककागाविसहरु घ्याच्चोकको चारसय ५१ घरधुरीमध्येदुईसय ८१ घर,हंशपुरको नौसय ४७घरधुरीमध्येपाँचसय९१ घरमात्रै बनेका छन् । त्यस्तैमुच्चोकको नौसय ३७घरमध्येतीनसय८३, सिम्जुङको आठसय ८४ मध्येचारसय ७५ र खरिबोटगाविसमाभत्किएकापाँचसय२५ घरधुरीमध्येतीनसय११घरधनीलेमात्रै अन्तिमकिस्तालिएका छन् ।

सिरानचोक गाउँपालिकामाभूकम्पले भत्किएकापाँचहजार दुईसय ३८ घरधुरीमध्येनिर्धारित समयभित्रजम्मादुईहजार आठसय ९६ घरनिर्माण सम्पन्नभएको कार्यालयकादीपेन्द्र अर्याल बताउँछन् ।

आरुघाटगाउँपालिकाभित्रका साविककापाँचगाविसमाभत्किएका ६हजार एकसय १७ घरधुरीमध्येअहिलेसम्मतीनहजार तीनसय ९२ घरधुरी मात्रै पुनर्निर्माण भएका छन् । भीमसेन गाउँपालिकाका साविक ६गाविसकापाँचहजार आठसय ९६ जनालाभग्राहीमध्येअसारमसान्तभित्रजम्मातीनहजार पाँचसय ४६ घरधुरीले मात्रै घर पुनर्निर्माण गरी अन्तिमकिस्ता लगेको कार्यालयले जनाएको छ ।

त्यस्तै सहिदलखनगाउँपालिकाका साविककापाँचहजार पाँचसय ५५ जनालाभग्राहीमध्यतीनहजार २२ जनाले मात्रअन्तिमकिस्तावापतको रकम लगेका छन् ।गण्डकीगाउँपालिकाकाचारहजार चारसय १३ घरधुरीमध्ये दोस्रो पटक थपभएको समयसीमाभित्रजम्माएकहजार ६ सय ४ घरधुरी मात्रनिर्माण सम्पन्नभएको छ ।

गोरखानगरपालिकाभित्रभत्किएका आठहजार एकसय आठघरधुरीमध्येअहिलेसम्मचारहजार नौसय ९९ र पालुङ्टार नगरपालिकाभित्रभत्किएका सातहजार सातसय७० घरधुरीमध्येदुईहजार नौसय ७९ घरधुरीमात्रै पुनर्निर्माण भएका छन् ।

निजीआवास पुनर्निर्माणका लागिविदेशीदातृ निकायले पनिआर्थिक तथाप्राविधिक सहयोग गरेकाथिए । विभिन्नदातृ निकायले सात सय ६ घरपुनर्निर्माणका लागिपहिलो किस्तादिएकाथिए । त्यस्तै छसय आठ घरलाई दोस्रो किस्तार चारसय ५६ घरलाई दातृ संस्थाले तेस्रो किस्तादिएकाकार्यालयले जनाएको छ ।

सबैभन्दा धेरै भारत सरकारले युएनडिपी मार्फत जिल्लाका साविकका २६ गाविसमाअनुदानवितरण गरेको छ । जापानी सहयोग नियोग(जाइका)ले बगुवा, बारपाक, हंशपुर जौबारी, केराबारी, मसेल, मुच्चोक, पाँचखुवा देउराली, पन्द्रुङ, सौरपानी, श्रीनाथकोट, सिम्जुङ, स्वाँरा, ताकुकोट, ताकुमाझलाँकुरीबोट, ताप्ले गाविसमाअनुदानवितरण गरेको छ ।

वितरण शाखाकाजाइकाकाकर्मचारी अम्बिकापौडेलकाअनुसार सरकारले निजीआवास पुनर्निर्माणका लागिगोरखामामात्रै अहिलेसम्म१३ अर्ब १० करोड, ४२ लाख ५० हजार रुपैयाँवितरण गरेको छ ।

अन्नपूर्णपोस्टबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय भएन, अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा …

प्रतिकृया दिनुहॊस