काठमाडौं । सरकारले विश्व बैंकको ८० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्नेलगायतका विभिन्न २१ निर्णय गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले विश्व वैंकले दिने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले विद्युत नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त गर्ने निर्णय गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित …
पुरा पढ्नुहॊस »सर्वोच्चले भन्यो- फणिन्द्र देवकोटा नेसपाकै सांसद हुन्, माओवादीले कारबाही गर्न मिल्दैन
काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सदस्य फणिन्द्र देवकोटालाई पदबाट निष्काश गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । माओवादीको चुनाव चिन्हबाट जितेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद देवकोटालाई कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलले कारबाही गरेको थियो । आबद्ध संसदीय दलको निर्देशनलाई उल्लंघन गरेको भन्दै माओवादीले गरेको कारबाही सिफारिसलाई जेठ ३२ गते प्रदेशसभामा सूचना सुनाएर पूर्णता दिइएको थियो । त्यसविरुद्ध …
पुरा पढ्नुहॊस »जितपुर-सिमरा नगर सभामा तोडफोड
काठमाडौं । बाराको जितपुर–सिमरा उपमहानगरपालिकाको नगरसभा विथोलिएको छ । नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगरसभा नै स्थगित भएको छ । बजेट पेस गर्ने गरी बोलाइएको नगरसभामा एमाले र कांग्रेसका केही वडाध्यक्षले नगर प्रमुख राजन पौडेल प्रवेश गर्नेवित्तिकै विरोध गरेका थिए । उनीहरुले नगर सभामा रहेका कुर्सी र केही टेबल समेत तोडफोड गरेका छन् । उनीहरुको विरोध र तोडफोडपछि नगरसभा स्थगित गरिएको थियो । २०७९ सालको नगरसभा पनि …
पुरा पढ्नुहॊस »विदेश पठाएर अलपत्र पार्ने म्यानपावर कम्पनीमाथि कारबाही होस् : धनराज गुरुङ
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमिकको प्रलोभन देखाएर विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरूलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले कुवेतको नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भई आफू स्वदेश फर्किने क्रममा पाँच जना नेपाली बेलग्रेडबाट फर्काइएको पाएको बताए । उनले झापाको खगोल म्यानपावर र काठमाडौंको डायनामिक मुख्य म्यानपावरबाट प्रतिव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेलग्रेड पुर्याइएको …
पुरा पढ्नुहॊस »भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित मुख्यसचिव अर्यालको योजना आयोगमा सरुवा
काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई योजना आयोगमा सरुवा गर्ने निर्णय गरेको हो । योजना आयोगमा सचिव पद सिर्जना गरेर अर्यालको सरुवा गरिएको हो । अर्याल निलम्बनमा परेपछि निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलाले पाएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिवहरूमध्येबाट गड्तौलाले मुख्यसचिवको जिम्मेवारी पाएका हुन् ।
पुरा पढ्नुहॊस »राजदूत छान्न रास्वपाले बनायो मापदण्ड (मापदण्ड र फारमसहित)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको छ । रास्वपाको तर्फबाट हुनसक्ने सिफारिसका लागि पार्टीको अन्तराष्ट्रिट सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको हो । सोही मापदण्डका आधारमा रास्वपाले सर्वाजनिक सूचना जारी राजदूृतका लागि आवेदन मागेको छ । आएका आवेदनको अन्तिम सूचीबाट योग्यता क्रमका आधारमा रास्वपा सचिवालयको अनमोदनपछि नियक्तिको सिफारिस गरिनेछ …
पुरा पढ्नुहॊस »एसइईको परीक्षाफल यही साता सार्वजनिक, यसरी हेर्न सकिनेछ नतिजा
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले यही साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को नतिजा सहजरूपमा हेर्न विभिन्न माध्यमको व्यवस्था गरेको छ । सोमबार गोरखापत्रमा सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने विभिन्न व्यवस्था गरेको हो । सो कार्यालयले २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएको हो ।
पुरा पढ्नुहॊस »सामान्य प्रशासनले रोक्यो कर्मचारीको सरुवा (सूचनासहित)
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवामा रोक लगाएको छ । कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयार गर्न भन्दै मन्त्रालयले अर्को सूचना नआउँदासम्मका लागि कर्मचारीको सरुवामा रोक लगाएको हो । ‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरिएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले …
पुरा पढ्नुहॊस »पाँच प्रदेशमा बिहानैदेखि वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने सम्भावना
काठमाडौँ । अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »