Tag Archives: mainnews

प्रतिपक्षीको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित, अर्को बैठक जेठ १५ मा बस्ने

काठमाडाैं । प्रतिपक्षी दलको नाराबाजीका आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन् । नीति तथा कार्यक्रम पारित भएसँगै संसद स्थगित भएको घोषणा गर्दै अर्को बैठक जेठ १५ गते मंगलबार दिनको ४ बजे बस्ने जनाइएको छ ।

पुरा पढ्नुहॊस »

कांग्रेसले भन्यो- व्यक्तिकाे नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । सहकारीको रकम अपचलन छानविन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफल विना निष्कर्ष सकिएको छ । सभापति देउवा निवास बुढानीलकण्ठमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासहित कांग्रेस नेताहरूबीच आइतबार भएको छलफल पनि विना निष्कर्ष सकिएको कांग्रेस नेता जीवन परियारले जानकारी दिए । देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान र संसद्को गत्यवरोध अन्त्य गर्न विकल्पहरूबारे सोच्न कांग्रेसलाई …

पुरा पढ्नुहॊस »

ह्वात्तै बढ्यो काठमाडौंमा गर्मी, धनगढीको कति ?

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । आज अधिकतम तापक्रम ३१ देखि ३३.४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । विगत केही दिनदेखि पश्चिम तराइका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको विभागले बताएको छ । विभागले ती भेगका बासिन्दालाई गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

पुरा पढ्नुहॊस »

उपत्यकामा आजदेखि ५ दिनसम्म बत्ती अवरुद्ध हुने (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आजदेखि उपत्यकाका केही स्थानमा ५ दिनसम्म बिजुली सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार आइतबारदेखि शुक्रबारसम्म उपत्यकाको साँखु, छाउनी अस्पताल, सुविधानगर, सोल्टीमोड कलंकी, मैत्रीनगर, टैंगलाफाँट, मुलपानी क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ । सूचना :-

पुरा पढ्नुहॊस »

सहकारी ठगीविरुद्ध उपत्यकामा कांग्रेसको विरोध प्रदर्शन आज, खटाइए १५ यी कमाण्डर

काठमाडौं । सहकारी ठगीविरुद्ध नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्दैछ । बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो । आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ । काठमाडौंका १० …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज सोचेको आँटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

उपत्यकाका यी स्थानमा ५ दिनसम्म बत्ति जाने (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका केही स्थानमा ५ दिनसम्म बिजुली सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार आइतबारदेखि शुक्रबारसम्म उपत्यकाको साँखु, छाउनी अस्पताल, सुविधानगर, सोल्टीमोड कलंकी, मैत्रीनगर, टैंगलाफाँट, मुलपानी क्षेत्रमा दिउँसो ११ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ । सूचना :-

पुरा पढ्नुहॊस »

कैलाश सिरोहियाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका उनी शुक्रबार राति काव्या अस्पतालमा भर्ना भएका हुन् । गत मंगलबार काठमाडौंमा पक्राउ गरी रातारात जनकपुर पुर्‍याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल गरिएको थियो । प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको बताइएको …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । भौतिक सुख पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »