सामान्य प्रशासनले रोक्यो कर्मचारीको सरुवा (सूचनासहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवामा रोक लगाएको छ । कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयार गर्न भन्दै मन्त्रालयले अर्को सूचना नआउँदासम्मका लागि कर्मचारीको सरुवामा रोक लगाएको हो ।

‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरिएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्य स्थगन गर्ने सार ६ गते नेपाल सरकार सचिव बैठकले निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।

पहुँच र भनसुनका आधारमा मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाही समेत प्रभावित हुँदै आएको भन्दै आलोचना भइरहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३३ औं वार्षिक प्रतिवेदनमा पनि कर्मचारी सरुवामा देखिएको विकृति रोक्न निर्देशन दिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस