जितपुर-सिमरा नगर सभामा तोडफोड

काठमाडौं । बाराको जितपुर–सिमरा उपमहानगरपालिकाको नगरसभा विथोलिएको छ । नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगरसभा नै स्थगित भएको छ ।

बजेट पेस गर्ने गरी बोलाइएको नगरसभामा एमाले र कांग्रेसका केही वडाध्यक्षले नगर प्रमुख राजन पौडेल प्रवेश गर्नेवित्तिकै विरोध गरेका थिए । उनीहरुले नगर सभामा रहेका कुर्सी र केही टेबल समेत तोडफोड गरेका छन् ।

उनीहरुको विरोध र तोडफोडपछि नगरसभा स्थगित गरिएको थियो । २०७९ सालको नगरसभा पनि एमालेका प्रतिनिधिले असहयोग गरेपछि स्थगित भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महामन्त्री मुकुलको प्रतिवेदनले रास्वपामा तरङ्ग, बोलाइयो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले महामन्त्री डा. …

प्रतिकृया दिनुहॊस