विश्व वैंकको ८० मिलियन डलर ऋण स्वीकार्नेसहित यी हुन् मन्त्रिपरिषदका २१ निर्णय

काठमाडौं । सरकारले विश्व बैंकको ८० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्नेलगायतका विभिन्न २१ निर्णय गरेको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले विश्व वैंकले दिने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले विद्युत नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त गर्ने निर्णय गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको पद सिर्जना गर्ने र त्यही सरुवा गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय पनि भएको छ । मन्त्रिपरिषद् बैठकले प्रतिलिपि अधिकारसम्बन्धी तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालेनको आरोप- बीपी र मदनको नाममा करोडौंका कार्यक्रम नगर्दा कांग्रेस/एमालेले नगरसभा रोके

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ । पार्टीका जनप्रतिनिधिहरु र मेयरबीच विवाद …

प्रतिकृया दिनुहॊस