भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित मुख्यसचिव अर्यालको योजना आयोगमा सरुवा

काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई योजना आयोगमा सरुवा गर्ने निर्णय गरेको हो ।

योजना आयोगमा सचिव पद सिर्जना गरेर अर्यालको सरुवा गरिएको हो । अर्याल निलम्बनमा परेपछि निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलाले पाएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिवहरूमध्येबाट गड्तौलाले मुख्यसचिवको जिम्मेवारी पाएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

म्यानपावर व्यवसायी होटेलमा मृत भेटिए, २५ जनालाई डेनमार्क पठाउने भन्दै उठाएका थिए ३७ लाख

काठमाडौं । मोरङको बिराटनगरस्थित एक होटलमा म्यानपावर व्यवसायी मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका-६ …

प्रतिकृया दिनुहॊस