काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान शुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि यसअघि भनिएको १,९९९ बाट बढेका पार्टी सदस्य बढेसँगै प्रतिनिधि बढेर दुई हजार २ सय ७९ जना पुग्ने प्रचार …
पुरा पढ्नुहॊस »कात्तिक महिनामा २३१ मानव अधिकार उल्लङ्घनका घटना, कुन प्रदेशमा कति?
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक महिनामा २३१ जना व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ। इन्सेकले गत कात्तिक महिनाको मासिक तथ्याङ्क विश्लेषण प्रतिवेदनमा १०४ जना महिला र १२७ पुरुष गरी २३१ जना पीडित भएका जनाएको छ। प्रतिवेदनअनुसार वाग्मती प्रदेशमा १३४, प्रदेश १ मा २२, लुम्बिनी प्रदेशमा २१, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, गण्डकी प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा दुई जना पीडित भएको …
पुरा पढ्नुहॊस »राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । पूर्व उपाध्यक्ष शेर्पाको ५० वर्षको उमेरमा बुधबार बिहान ३ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो तीन वर्षदेखि अस्वस्थ रहँदै आएका शेर्पा नशा सम्बन्धी रोगबाट पीडित थिए । अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष हुन् ।
पुरा पढ्नुहॊस »नेपाल वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन पर्यटनमन्त्रीको आग्रह
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन आग्रह गरेका छन्। युरोपियन युनियनका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेकाले हटाइदिन आग्रह गरेका हुन्। मन्त्री आलेको आग्रहपछि निर्देशक पम्पोलिनीले नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताए। उक्त छलफका क्रममा दुई पक्षीय सहयोगका विभिन्न विषयमा छलफल भएको थियो। नेपाल–युरोपेली सङ्घ संयुक्त …
पुरा पढ्नुहॊस »आजकाे मौसम: नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली छैन
नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी क्षेत्रका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान बुधबार दिउँसो : प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी …
पुरा पढ्नुहॊस »एकीकृत समाजवादीको चुनाव चिन्हको डिजाइन सार्वजनिक
एकीकृत समाजवादी पार्टीले चुनाव चिन्हको आधिकारिक डिजाइन सार्वजनिक गरेको छ। निर्वाचन आयोगमा दर्ता हुँदा एकीकृत समाजवादीले आफ्नो चुनाव चिन्ह कलम रोजेको थियो। एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलमको डिजाइन सार्वजनिक गरेको हो।
पुरा पढ्नुहॊस »काेराेना खोप लगाइसकेका नागरिकले अब नेपाल र भारतबीच सहज यात्रा गर्न पाउने
कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि नेपाल र भारत सरकारबीच समझदारी भएको छ। नेपाल र भारतीय स्वास्थ्य मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको भारतीय दूतावासले जनाएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा भारतीय राजदूत विनय मोहन क्वात्रा र स्वास्थ्य सचिव डा रोशन पोखरेलबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो। पूर्णरुपमा कोभिड-१९ खोप लगाइसकेका दुवै राष्ट्रका यात्रुहरुको यात्रा सहज बनाउन यो समझदारी पत्र एक महत्वपूर्ण कदम हुनुका साथै …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः ३५१ जना सङ्क्रमित थपिए, २७३ निको भए
देशभर पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार १७४ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार ६९९ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ३७० जना रहेको छ। आज २७३ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या …
पुरा पढ्नुहॊस »३२ दशमलव २९ अंकले घट्यो नेप्से
साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ। मंगलबार नेप्से ३२ दशमलव २९ अंकले घटेर दुई हजार ७३३ दशमलव १२ विन्दुमा पुगेर बन्द भएको हो। कारोबार रकम भने सामान्य मात्रामा बढेको छ। २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर खरिदबिक्री हुँदा नेप्सेमा चार अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको छ। सोमबार नेप्सेमा तीन अर्ब ९२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार …
पुरा पढ्नुहॊस »न्यायालयको विवाद वार्ताबाट समाधान गर्न प्रधानमन्त्रीसँग छलफल भइसकेको छ: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नु पर्ने बताएका छन्। जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन्। समस्या समाधानमा ढिलाइ हुँदा आम जनतामा नकारात्मक सन्देश गइरहेकाले न्यायालयभित्रको विवाद समाधान हुनेगरी संवाद अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भइसकेको र छिट्टै नै समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे। अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने …
पुरा पढ्नुहॊस »