Tag Archives: mainnews

उदयपुरमा भिषण आगलागीः एक करोड ५० लाखकाे क्षति

जिल्ला सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गए राति आगलागी हुँदा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ। विद्युत् सर्ट भई रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले आगलागी भएको खबर प्राप्त हुनासाथ आगो निभाएको जानकारी दिए। थप विवरण आउन बाँकी छ।

पुरा पढ्नुहॊस »

नेपाल संवत् ११४२ आजदेखि सुरु

आज नेपाल संवत् ११४२। नेवार समुदायले नेपाल संवत्लाई आफ्नो नयाँ वर्षको रूपमा मनाउने गरेका छन्। एघार सय ४२ वर्ष अगाडि शंखधर साख्वाले गरिब जनताको ऋण मोचन गरेकाले त्यसकाे सम्मानमा नेपाल संवत् मनाउन लागिएकाे हाे। सरकारले शंखधरलाई राष्ट्रिय विभूति घाेषणा गरेकाे छ। नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ। नेवार समुदायमा चाड पर्व, रीतिथितिलगायत धार्मिक तथा सांस्कृतिक कार्यमा नेपाल संवतकाे चन्द्रमासिक गणनाको …

पुरा पढ्नुहॊस »

लक्ष्मीपूजाको दिन पनि नेपालमा मागभन्दा बढी बिजुली

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको थियो । प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो ।

पुरा पढ्नुहॊस »

कोरोनाको पहिलो खाने औषधिलाई बेलायतले दियो स्वीकृति

कोरोना उपचारका संसारमै पहिलो पटक खाने चक्की औषधिलाई बेलायती औषधि नियामक निकायले स्वीकृत गरेको छ । बिबिसीका अनुसार लक्षण देखिएका कोरोना संक्रमितका लागि बनाइएको उक्त गोटी औषधिको नाम मोल्नुपिराभिर हो । भर्खरै संक्रमित भएका गम्भीर बिरामीलाई यो औषधि दिनको दुईपटक दिइन्छ ।

पुरा पढ्नुहॊस »

यमपञ्चककाे चाैंथाे दिन आज गोवर्द्धन पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी …

पुरा पढ्नुहॊस »

कांग्रेसका सहमहामन्त्री डा महतले गरे महामन्त्रीको उम्मेद्वार बन्ने सङ्केत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वार बन्ने सङ्केत गरेका छन्। ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिर पुगेर फर्किने क्रममा झापामा कार्यकर्तासँग भेटघाट गर्दै उनले लामो समय एउटै पदमा नबस्ने उल्लेख गर्दै सहमहामन्त्री पदको ‘सह’ यसपाली हटाउने इच्छा भएको बताए। उनले छिटै महामन्त्री पदको उम्मेद्वारी घोषणा गर्ने बताए। कार्यक्रममा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए। ताप्लेजुङबाट विर्तामोडस्थित पार्टी कार्यालयमा आउनुअघि डा महत महामन्त्रीको उम्मेद्वारी घोषणा गरेका …

पुरा पढ्नुहॊस »

राष्ट्रपति कार्यालयको आँगनमा देउसीभैलो, राष्ट्रपतिले दिइन् सेलरोटीसहित दक्षिणा दान

राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा ती कलाकारले देउसीभैलोसहित नेपालका विभिन्न क्षेत्र र भू–भागका लोकसंस्कृति प्रस्तुत गरेका थिए। त्यसक्रममा सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका देउसीसहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, टप्पा, रोयला, असारे महिनाजस्ता लोक–सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसैगरी बालमन्दिरका बालबालिकाले पनि देउसीभैलो प्रस्तुत गरेका थिए। राष्ट्रपति भण्डारीले देउसीभैलो …

पुरा पढ्नुहॊस »

झलनाथ खनाल एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा चयन

नेकपा(एकीकृत समाजवादी)को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन भएका छन्। सो पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ। विभागको उपप्रमुखमा प्रमेश हमाललाई जिम्मा दिइएको छ। यस्तै सदस्यहरुमा डा विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही छन्। डा वेदुराम भुसाल प्रमुख रहेको सङ्गठन विभाग गठन गरिएको छ। विभागको उपप्रमुखमा …

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः ३५६ जनामा संक्रमण पुष्टि, ५१८ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा ५१८ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २५९ जनाको पीसीआर परीक्षण गर्दा २८७ जना र ३ हजार १२५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४२९ पुगेको …

पुरा पढ्नुहॊस »

‘कोप-२६’ मा प्रधानमन्त्री देउवाको सहभागिता नेपालका लागि उपलब्धीमुलक

प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवाले कात्तिक १५ गते कोप २६ को ‘वर्ल्ड लिडर समिट’ लाई सम्बोधन गर्दै हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले नजिकबाट नियाल्नुपर्ने बताएका थिए। प्रधानमन्त्री देउवाले विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको जनाउँदै विकसित मुलुकमा पनि …

पुरा पढ्नुहॊस »