३२ दशमलव २९ अंकले घट्यो नेप्से

साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ। मंगलबार नेप्से ३२ दशमलव २९ अंकले घटेर दुई हजार ७३३ दशमलव १२ विन्दुमा पुगेर बन्द भएको हो।

कारोबार रकम भने सामान्य मात्रामा बढेको छ। २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर खरिदबिक्री हुँदा नेप्सेमा चार अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको छ।

सोमबार नेप्सेमा तीन अर्ब ९२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार कारोबारको आधारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीले गरेको छ। बैंकले ४१ करोड भन्दा बढीको कारोबार गरेको छ।

नेप्सेका अनुसार अन्य समूहको सूचकबाहेक सबै समूहको सूचक राताम्मे भएको छ। होटल तथा टुरिजम, विकास बैंक र हाइड्रोपावर समूहको सूचकमा दुई प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने बाँकी सबै समूहको सूचक शून्य दशमलव ४३ प्रतिशतसम्मले घटेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री