एमालेमा महाधिवेशन प्रतिनिधि संख्या २,२७९ पुग्यो

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान शुरु हुने भएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि यसअघि भनिएको १,९९९ बाट बढेका पार्टी सदस्य बढेसँगै प्रतिनिधि बढेर दुई हजार २ सय ७९ जना पुग्ने प्रचार विभाग प्रमुख भट्टराईले बताए । उनले पदेन प्रतिनिधि २३८, निर्वाचित प्रतिनिधि १८७९ निर्वाचित भैसकेको भन्दै महोत्तरी, रौतहट र भुपू सैनिकबाट आउन बाँकी ६८ जना रहेको बताए ।

महाधिवेशन प्रतिनिधिमा उत्पीडित दलित तर्फका १९५ र त्यसमा ६२ जना महिला रहेका छन् । एमालेका अनुसार अहिलेसम्म कुल महिला प्रतिनिधि ५७६ छन् । त्यसमा मनोनित र चयन हुन बाँकी ६८ जनाबाट पनि दलित र महिला सदस्य अझै थपिने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस