नेप्से परिसूचक २१.५१ अंकले घट्याे

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ।

दिनभरको उतारचढावपछि नेप्से आज २१.५१ अंकले घटेको लागेको छ। आइतबार ८०.२९ अंकले गिरावट आएकाे थियाे। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ। सेन्सिटिभ इन्डेक्स ५.९२ अंकले घटेर ४९५.५३ अंकमा बन्द भएको छ।

आज बजारमा ८२ लाख २५ हजार ८२२ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ १९ पैसाको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा घटेको हो। आइतबार ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५४ रुपैयाँ ७६ पैसाको कारोबार भएको थियो।

आज नेप्सेमा २२८ कम्पनीको सेयर कारोबारमा आएकोमा ६० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ। आज कारोबारमा आएकामध्ये ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

त्यस्तै आज १३ वटामध्ये ११ वटा उपसमूहमा रातो पोतिएको छ। आज सबैभन्दा बढी गुमाउने उपसमूहमा होटल २.२५ प्रतिशत र अन्य उपसमूह १.९७ प्रतिशत रहेका छन् भने कमाउनेहरूमा म्युचर फन्ड ०.१२ प्रतिशत र हाइड्रो ०.०१ प्रतिशत रहेको छ।

त्यस्तै सबैभन्दा बढी कमाउने कम्पनीहरूमा न्यादि हाइड्रो पावर ९.९९ प्रतिशत र सामलिंग पावर कम्पनी ९.९८ प्रतिशत रहेको छ। सबै भन्दा बढी गुमाउनेमा आइसिएफसि फाइनान्स १० प्रतिशत र चन्द्रा गिरि हिल्स ५.२० प्रतिशत रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस