विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

आइतबार भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधिसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चुनिएका हुन्।

उपसभापति निधि पत्नी अनामिका निधि, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधि सभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सांसद शिवचन्द्र चौधरी र प्रदेश सांसद प्रमीला दास सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्।

त्यसैगरि, धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिमा धिरेन्द्र निधि सर्वसम्मत निर्वाचित भएका छन्। धनुषाका बाँकी निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी नै रहेको नेपाली कांग्रेसका युवा नेता परर्फुल घिमिरेले जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य