काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भएको छ । उपत्यकामा बाक्लो देखिएको छ भने पहाडी क्षेत्रमा वर्ष र उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । मौसमविद् शान्ति कँडेलकाअनुसार अहिले प्रदेश नम्बर १ प्रदेश न २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । ‘काठमाडौँ उपत्यकासहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ,’ उनले भनिन्, ‘ठूलो वर्षा र हिमपातको सम्भावना छैन । …
पुरा पढ्नुहॊस »पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ: अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङ्कन गरिने बताएका छन्। नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बुद्धिजीवी, चिकित्सक तथा इञ्जिनीयरलाई आफ्नो पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीमा आउने सबैको उचित मूल्याङ्कन गरिने बताएका हुन्। उनले अहिले देशव्यापीरूपमा एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर बढेको बताउँदै अबको निर्वाचनमा ठूलो दलका रूपमा आफ्नो पार्टी स्थापित हुने जिकिर गरे। …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः २४६ जना सङ्क्रमित थपिए, ३४७ निको भए
देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ७ हजार ८३६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार १७२ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ५६९ जना रहेको छ। आज ३४७ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …
पुरा पढ्नुहॊस »आगामी निर्वाचनमा कांग्रेसलाई जिताउने दायित्व सबैको काँधमा छः देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनु पर्ने दायित्व सबैको काँधमा रहेको बताएका छन् । प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उनले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कांग्रेसको अगुवाइमा आएको उल्लेख गरे। उनले कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खडा गरेको बताए । पार्टीकाे आन्तरिक चुनावमा हुने जितहार एउटा …
पुरा पढ्नुहॊस »राप्रपाको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । आज शुक्रबार उनीहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन् । कमल थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् …
पुरा पढ्नुहॊस »माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गर्ने
नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ। शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन्। उनका अनुसार पाँच सदस्यीय सो कार्यदलमा जनार्दन शर्मा, मात्रिका यादव, पम्फा भुसाल र लिलामणी पोखरेल सदस्य छन्। २५ मंसिरसम्ममा विधान मस्यौदा प्रस्ताव गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ। बैठकले १०–१३ पुसमा हुने राष्ट्रिय भेला व्यवस्थापनका लागि हितमान शाक्यको …
पुरा पढ्नुहॊस »कक्षा १२ को नतिजा सार्वजनिक, सात हजार ३६ परीक्षार्थीले ल्याए ‘ए प्लस’
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा प्रकाशित गरेको छ । बोर्डको आज बसेको बैठकबाट कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४८ हजार २३९ छ । यस्तै, ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५३७ रहेको बोर्डले जनाएको छ । यस्तै ‘सी प्लस’ …
पुरा पढ्नुहॊस »कांग्रेसको पहिलो प्रदेश अधिवेशन : आज उम्मेदवारी दर्ता
काठमाडौं । कांग्रेसको महाधिवेशन अन्तर्गत सातमध्ये ६ वटा प्रदेशमा नेतृत्व चयनका लागि प्रक्रिया शुरु भएको छ । नेपाली कांग्रेस पहिलोपल्ट आफ्नो प्रदेशस्तरीय कार्यसमिति गठन प्रक्रियामा छ । हिजो एकैसाथ अधिवेशन उद्घाटन गरिएका ६ वटा प्रदेशमा आजदेखि चुनावी प्रक्रिया शुरु भएको हो । प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो । हिजो प्रदेश–१ मा विवादका कारण अधिवेशन उद्घाटन हुन सकेन । तर केन्द्रीय …
पुरा पढ्नुहॊस »माओवादी केन्द्रको स्थायी कमिटी बैठक, केन्द्रीय कमिटीमा थपिए १२ युवा
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । पार्टीको राष्ट्रिय सम्मेलनको तयारीको विषयमा छलफल गर्न माओवादी केन्द्रले आज पनि स्थायी समिति बैठक बोलाएको हो । हिजो पनि माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको थियो । हिजोको बैठकले पार्टीको राष्ट्रिय सम्मेलनसँग सम्बन्धित विभिन्न निर्णयहरु गरेको छ । आजको बैठकमा पनि सम्मेलन तयारीको विषयमा छलफल हुने माओवादी स्रोतले जनाएको छ । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ …
पुरा पढ्नुहॊस »दक्षिण अफ्रिका र हङकङसहित ९ देशबाट नेपाल आउन राेक
काठमाडौं । सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौं देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो । उनीहरुलाइ गएराति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको छ । हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा …
पुरा पढ्नुहॊस »