नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन्। शाही संस्थापन (सभापति शेरबहादुर देउवा)समुहका हुन्। कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलले ७ मत प्राप्त गरेका छन्। खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ। भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल)समूहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समूहका …
पुरा पढ्नुहॊस »कांग्रेस बागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने
काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बागग्मती प्रदेशको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको हो । निर्वाचन समितिका अनुसार शनिबार भएको मतदानमा वागमती प्रदेश सभापति पदका उम्मेदवार इन्द्र बानियाँले ९९२ र उनका प्रतिस्पर्धीहरू जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका छन् । अब पहिलो र दोस्रो बढी …
पुरा पढ्नुहॊस »अबकाे निर्वाचनमा एमाले फेरि ठूलाे पार्टी बन्छः ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गरेका हुन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासनसमेत दिए। अध्यक्ष ओलीले सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः २३८ सङ्क्रमित थपिए, ३९२ जना निको भए
देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार ७९७ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार ३९२ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ५८७ जना रहेको छ। आज ३९२ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …
पुरा पढ्नुहॊस »चितवन अब यातायात सेवाको हब बन्छः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताएका छन्। यातायात व्यवस्था सेवा कार्यालयले सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण कार्यक्रम आज चितवनमा शुभारम्भ गर्दै उनले जिल्लावासीले अब सहजै सेवा पाउने बताए। यातायात कार्यालयका लागि जग्गा र पूर्वाधार निर्माणका लागि पहल गरिने उनको भनाइ थियो। चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले धेरै प्रयासपछि यो सेवा शुभारम्भ …
पुरा पढ्नुहॊस »श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस
घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ। पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो। श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो। सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका पुगेका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ। उनलाई हाल क्वारेन्टिनमा राखिएको छ। उनको उपचार भइरहेको बताइएको छ। तर पनि उनको अवस्था भने त्यति गम्भीर छैन। अमेरिकाको न्युयोर्क सहरका पनि …
पुरा पढ्नुहॊस »ओमिक्रोन भेरियन्टका कारण अहिलेसम्म कसैको मृत्यु भएको छैन : डब्ल्यूएचओ
काठमाडौँ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण अहिलेसम्म कसैको मृत्यु भएको पुष्टि भएको छैन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भेरियन्टका कारण अहिलेसम्म कसैको मृत्यु पुष्टि नभएको जानकारी दिएको हो । विश्वभरिबाट सङ्कलन गरिएको ‘ओमिक्रोन’ सङ्क्रमितको विवरणमा अहिलेसम्म कसैको पनि मृत्यु नभएको पुष्टि डब्ल्यूएचओले जनाएको छ । तर सङ्क्रमण फैलिरहेकोले सचेत रहन आग्रह गरेको छ । डब्ल्यूएचओका सङ्गठन दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्यका मापदण्ड …
पुरा पढ्नुहॊस »एमालेले महाधिवेशन चितवनमा गरेको कुरालाई ‘नेगेटिभ’ रूपमा लिएको छैन : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले नेकपा एमालेले चितवनमा महाधिवेशन गरेको कुरालाई आफूले नेगेटिभ रूपमा नलिएको बताएका छन् । नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । चितवन राजनीतिको केन्द्र हुनुलाई आफूले नेगेटिभ नलिएको उनको भनाई थियो । उनले अगाडि भने, ‘यसलाई पोजेटिभ नै लिएको छु । किनभने, देशभरका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक तथा पर्यटकीयस्थलहरु सबै जमिन …
पुरा पढ्नुहॊस »कांग्रेस महाधिवेशन : प्रदेश समिति नेतृत्वको लागि आज चुनाव, कहाँ कस्तो प्रतिस्पर्धा ?
काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको लागि आज निर्वाचन हुँदैछ । प्रदेश-२ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । प्रदेश नेतृत्वको लागि विभिन्न समूहले आफ्नो अनुकूल हुने गरी सहकार्य गरेका छन् । संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । बागमतीमा संस्थापन समूहबाट मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका पूर्व सभापति …
पुरा पढ्नुहॊस »राप्रपा महाधिवेशन: १९९ सदस्यीय कार्यसमितिका लागि २६६ काे उम्मेद्वारी दर्ता, आज निर्वाचन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। मङ्सिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको नेता सुन्दर पाण्डेले जानकारी दिए। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेद्वारी दर्ता भएको छ। उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ। चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ …
पुरा पढ्नुहॊस »