राप्रपाको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । आज शुक्रबार उनीहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन् । कमल थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् ।

उता लिङ्देन पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् । लिङ्देन पक्षबाट महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् । १ सय ९९ सदस्यीय केन्द्रीय समितिका १ सय ४९ जना राप्रपाले निर्वाचनबाटै चयन गर्नेछ । यसमा अध्यक्षसहित ८ जना पदाधिकारी र १ सय ४१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । भाेली शनिबार मतदान हुने कार्यक्रम रहेकाे  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप