Tag Archives: mainnews

उच्च अदालतको आदेश- ‘दलको राजनीतिमा लाग्ने शिक्षकलाई कारबाही गर्नू’

काठमाडौँ । विभिन्न राजनीतिक दलमा संलग्न भई राजनीतिमा लाग्ने शिक्षकहरूलाई कारबाही गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । अजित भण्डारीले दर्ता गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले राजनीतिमा लाग्ने शिक्षकलाई कारबाही गर्न आदेश दिएको हो । भण्डारीले शिक्षकहरू विभिन्न दलको क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधि बनेर हिँडेको र त्यसले गर्दा शिक्षाको गुणस्तर खस्किएको भनी रिट दायर गरेका थिए । भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा …

पुरा पढ्नुहॊस »

कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा निर्वाचित

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्वव थापा विजयी भएका छन्। थापाले ८४४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिश्पर्धी गुरूराज घिमिरे २ मतले पराजित भए। घिमिरेले ८४२ मत पाएका छन्। निर्वाचनमा १ हजार ७५२ मत खसेको थियाे। सभापतिमा निर्वाचित थापा नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सभापति हुन् । उनलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाकाे समर्थन थियाे। प्रदेश उपसभापति पदमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ र टंकप्रसाद राईले …

पुरा पढ्नुहॊस »

कांग्रेस वाग्मती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ हजार ८५ मतका साथ विजयी भएका हुन्। २०२५ मत खसेकोमा बानियाँले १०८५ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी केसीले ९२७ मत प्राप्त गरे। १३ मत बदर भएको थियो। शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए। उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान …

पुरा पढ्नुहॊस »

सर्वोच्च अदालतका न्यायाधीश पूर्णरुपमा काममा फर्किए

सर्वोच्च अदालतमा झन्डै डेढ महिनापछि न्यायाधिशरु इजलासमा बसी पूर्णरुपमा मुद्दाको सुनुवाइ गरी काममा फर्किएका छन्। सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आज १० इजलास गठन गरिएको थियो । त्यसमा आठ संयुक्त र दुई एकल इजलास गरी ३३६ थान मुद्दा सुनुवाइ लागि तोकिएको थियो । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि १३ मुद्दा तोकिएको थियो । पूर्णरुपमा सुनुवाइ भएर सबैमा आदेश भएको छ। न्यायाधीश दीपककुमार कार्की र बमकुमार श्रेष्ठको इजलासमा ३८ …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः २०५ जना सङ्क्रमित थपिए, ४३६ निको भए

देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ७४७ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार ५९२ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ५९२ जना रहेको छ। आज ४३६ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …

पुरा पढ्नुहॊस »

शेयर बजारमा भारी गिरावट, ७२ अंकले घट्याे नेप्से

आइतबार नेपाली सेयर बजारमा भारी गिरावट आएको छ। बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र मौद्रिक नीति समीक्षाप्रति लगानीकर्ताको असन्तुष्टिले बजार ओरालो लागेको हो। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७२.३० अंकले घटेर २५१३.८८ अंकमा झरेको छ। यसदिन २२६ कम्पनीका ८९ लाख २० हजार कित्ता सेयर किनबेच भई ४ अर्व ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार नेप्सेसँगै सबै समूहगत परिसूचक पनि घटेका छन्। सबैभन्दा बढी फाइनान्स समूह …

पुरा पढ्नुहॊस »

कांग्रेस १४औँ महाधिवेशनः १६० निर्वाचन क्षेत्रको अधिवेशन सकियाे

नेपाली कांग्रेसले १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरेको छ। पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए। महोत्तरी क्षेत्र नं ४ को अधिवेशन सम्पन्न भइसकेको तर निर्वाचनको नतिजाका क्रममा केही विवाद रहेकाले त्यहाँको निर्णय गर्न बाँकी रहेको उनको …

पुरा पढ्नुहॊस »

लिङ्देन र राणा बाहेक राप्रपा पदाधिकारीमा सबै कमल थापा पक्ष विजयी

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय मतले पछि पार्दै लिङ्देन निर्वाचित भएका हुन् । लिङ्देन अध्यक्ष निर्वाचित भए पनि उनको प्यानल भने पराजित भयो । महामन्त्रीमा धवलशम्शेर राणामात्रै लिङदेन प्यानलबाट निर्वाचित भए । धवल लिङ्देनको टिमका एकमात्र निर्वाचित पदाधिकारी बने । उपाध्यक्षमा कमल थापाको प्यानलै आएको छ । विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ …

पुरा पढ्नुहॊस »

पराजित भएपछि कमल थापाले भने- ‘निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । साथै उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् । उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । ‘सिङ्गो मुलुक …

पुरा पढ्नुहॊस »

थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङ्देन विजयी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । कमल थापालाई बिहान सम्पन्न मत गणनामा लिङ्देनले कमल थापालाई ११९ मत अन्तरले पराजित अध्यक्षमा निर्वाचित भएका हुन् । राप्रपा नेता जनक पाठककाअनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको थियो । निर्वाचन समितिले आधिकारिक मतसहित घोषणा गर्ने तयारी गरेको छ । प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा …

पुरा पढ्नुहॊस »