अबकाे निर्वाचनमा एमाले फेरि ठूलाे पार्टी बन्छः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गरेका हुन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासनसमेत दिए।

अध्यक्ष ओलीले सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको पनि दोहोर्याए। उनले अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनु पर्ने बताए। अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तीका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरुलाई आह्वान गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री