नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन्। शाही संस्थापन (सभापति शेरबहादुर देउवा)समुहका हुन्। कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलले ७ मत प्राप्त गरेका छन्। खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ।
भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल)समूहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समूहका हुन्।
तपाईंको प्रतिकृया




