राप्रपा महाधिवेशन: १९९ सदस्यीय कार्यसमितिका लागि २६६ काे उम्मेद्वारी दर्ता, आज निर्वाचन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेद्वारी दर्ता गराएका छन्।

मङ्सिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको नेता सुन्दर पाण्डेले जानकारी दिए। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेद्वारी दर्ता भएको छ। उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ। चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ।

उम्मेद्वारी दर्ताबाट करिब रु ५० लाख सङ्कलन भएको जनाइएको छ। करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री