जनगणना ८० प्रतिशत सम्पन्नः तथ्यांक विभाग

१२औँ राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको काम करिब ८० प्रतिशत सकिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। २५ कात्तिकमा सुरु भएको जनगणनाको मूल गणना ९ मंसिरसम्म चल्नेछ।

विभागका अनुसार हिमाली भेगका धेरैजसो स्थानमा जनगणनाको काम सकिएको छ। अन्य भेगमा समेत करिब ८० प्रतिशत गणना सकिएको अनुमान गरिएको छ।

जनगणना सकिन चार दिन बाँकी छँदासम्म दार्चुलाको लिपुलेक-लिम्पियाधुरा-कालापानीमा जनगणना कसरी गर्ने भन्ने विषय भने अझै अन्योलमा छ।

यस क्षेत्रको जनगणना के हुने भन्ने विषयमा टुंगो नलागेको विभागले जनाएको छ । विभागले यहाँ गणक पुगेर जनगणना गर्ने वातावरण नभए अनुमानमा आधारित रहेर जनगणना गर्ने बताएको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस