नेप्सेमा आज ११.६० अंककाे गिरावट

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ।

सुरुवाती समयदेखि नै सामान्य उतारचढाव देखिएको आजको बजार ११.६० अंकले घट्दै २७५७.५३ अंकमा पुगेर बन्द भएको छ भने ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ। सेन्सिटिभ इन्डेक्स ३.७५ अंकले घटेर ५१८.२५ अंकमा बन्द भएको छ।

आज बजारमा ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ ३३ पैसाको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा केही गिरावट भएको हो।

आज नेप्सेमा २२५ कम्पनीको सेयर कारोबारमा आएकोमा ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ। आज १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

त्यस्तै आज १३ वटा मध्ये ११ वटा उपसमूहमा रातो पोतिएको छ। आज सबैभन्दा बढी कमाउनेमा मेन्युफ्याक्चर एन्ड प्रोसेसिङ १.४९ प्रतिशत, हाइड्रो ०.४१ प्रतिशत रहेको छ भने बाँकी सबै उपसमूहमा रातो पोतिएको छ।

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस