तीन दिनपछि खुलेको शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार सार्वजनिक बिदाको दिन परेकाले बन्द भएको शेयर बजार सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो। शेयर बजार पछिल्लो एक महिनादेखि निरन्तररुपमा गिरावट आइरहेको छ। आज पनि नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ। त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ अंकमा झरेको छ । सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५४ लाख …
पुरा पढ्नुहॊस »कांग्रेसले सामाजिक रुपान्तरणको सन्देश दिनु पर्छः महामन्त्री शर्मा
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले व्यवहारबाट सामाजिक रुपान्तरणको सन्देश दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन्। कांग्रेसको १४औँ महाधिवशेनबाट महामन्त्रीमा निर्वाचित भएपछि आज पहिलो पटक कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै उनले समाज रुपान्तरण गर्ने कार्य कुनै दलका लागि मात्र नभइ समग्र राष्ट्रका लागि आवश्यक रहेको बताए। कांग्रेस १४औँ महाधिवेशनमा पार्टी पदाधिकारीमा ठूलो नेतृत्वपङ्ति बाहिर रहेको अवस्था दर्शाउँदै उनले त्यसलाई संयोजन गर्ने दायित्व सभापतिका साथै आफ्नो पनि रहेको …
पुरा पढ्नुहॊस »खुल्ला महिलातर्फको मतगणना: १६०० मत गन्दा डिला संग्रौलाकाे अग्रता कायमै
नेपाली कांग्रेसको खुल्लातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ। खुल्लातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा.डिला संग्रौला छिन्। १६०० मत गन्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवा तेस्रो नम्बरमा छिन्। संग्रौलाले एक हजार १४, दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले ९७०, आरजुले ९०१, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपाने ७८६ र छैंटौं स्थानमा रहेकी सरिता प्रसाईंले ७६८ मत पाएका छन्।
पुरा पढ्नुहॊस »काठमाडौंको तामक्रम ३ डिग्री, हुम्लामा माइनस ६
काठमाडौं । काठमाडौं उपत्यकालगायत मुलुकभर चिसो बेस्सरी थालेको छ । राती र बिहानपख तापक्रम घट्न थालेको हो। काठमाडौं उपत्यकामा दिउँसो घाम लागेपनि साँझ बिहान भने चिसो बेस्सरी बढ्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८ बजेर ४५ मिनेटमा काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको हो। अधिकतम तापक्रम घटेर १७ दशमलव ४ डिग्रीमा पुगेको छ। आज सबैभन्दा जुम्लाको तापक्रम कम रहेकाे छ । आज जुम्लाको तापक्रम …
पुरा पढ्नुहॊस »पपुलर भोटमा गगनलाई शशांकले उछिने, देउवा तेस्रो
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनको निर्वाचनमा सबैभन्दा बढी मत निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले ल्याएका छन् । विपी कोइरालाका कान्छा छोरा शशांकले ३८३६ मत प्राप्त गरेर युवा नेता गगन थापालाई पनि उछिनेका छन् । १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापाले ३०२३ मत प्राप्त गरेका थिए । जुन पदाधिकारीमा सर्वाधिक थियो । थापाले दोस्रो चरणमा २७३३ मत ल्याएर सभापति निर्वाचित शेरबहादुर देउवालाई पनि उछिनेका थिए । तर थापाले …
पुरा पढ्नुहॊस »त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘भिजिबिलिटी’ न्यून, तराईमा बाक्लो हुस्सु
काठमाडौं । केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लाग्न थालेको छ । बिहान बाक्लो हुस्सु लागे पनि दिउँसो पछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिइन् । बाक्लो हुस्सु, कुहिरोका कारण तराईको जनजीवनमा असर पर्न थालेको छ । चिसोले बिहान बेलुका घर बाहिरको काम गर्न नै कठिन हुने गरेको छ । यस्तै, अहिले काठमाडौ उपत्यकासहित केही पहाडी जिल्लामा पनि कुहिरो लागेको छ । अहिले कुहिरो लागे पनि …
पुरा पढ्नुहॊस »यी आठ जिल्लाका बालबालिकालाई १३ गतेदेखि फाइजर खोप
काठमाडौं । सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएकोमा बाँकी जिल्लामा चाहिँ फाइजर खोप दिन लागिएको हो । मन्त्रालयकाअनुसार पुस १३ गतेदेखि काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप सञ्चालन हुनेछ । …
पुरा पढ्नुहॊस »कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा मतगणना सकियाे, देउवा पक्षको वर्चश्व
नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ। ३५ जना निर्वाचित हुने खुल्ला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्। शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए। शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो। खुल्ला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन्। यस्तै एनपी साउद, बालकृष्ण खाण, …
पुरा पढ्नुहॊस »गिनिज बुकमा नाम लेखाउने हो भने गफाडी नम्बर-१ मा केपी ओली पर्छन्: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी नम्बर एकको संज्ञा दिएका छन्। आइतबार राजधानीमा समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आराेप लगाएका हुन्। अध्यक्ष नेपालले एमालेमा बसेकाहरू अहिले पछुताइरहेको जिकिर गर्दै भने ‘केपी ओली गुटमा बसेकाहरु अहिले पछुताइरहेका छन् । गिनिज बुकमा नाम लेख्ने हो भने गफाडी नम्बर एक केपी ओली हुन् । पानीजहाजदेखि पाइपबाट ग्यास …
पुरा पढ्नुहॊस »कोरोना अपडेटः थपिए १८१ संक्रमित, २८९ जना निकाे भए
गत २४ घण्टाभित्र नेपालमा थप १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ४ हजार ८३१ जनाको पिसिआर परिक्षण र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हालसम्म संक्रमितकाे संख्या पिसिआर परिक्षणबाट ८ लाख २५ हजार ७३६, एन्टिजेन परिक्षणबाट ९५ हजार ९८१ रहेकाे छ । निकाे हुनेकाे संख्या २८९ जना रहेको …
पुरा पढ्नुहॊस »