गिनिज बुकमा नाम लेखाउने हो भने गफाडी नम्बर-१ मा केपी ओली पर्छन्: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी नम्बर एकको संज्ञा दिएका छन्।

आइतबार राजधानीमा समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आराेप लगाएका हुन्।

अध्यक्ष नेपालले एमालेमा बसेकाहरू अहिले पछुताइरहेको जिकिर गर्दै भने ‘केपी ओली गुटमा बसेकाहरु अहिले पछुताइरहेका छन् । गिनिज बुकमा नाम लेख्ने हो भने गफाडी नम्बर एक केपी ओली हुन् । पानीजहाजदेखि पाइपबाट ग्यास ल्याउनेसम्मका गफ लगाउँछन् । धन्न एमालेका अध्यक्ष भएछन् र प्रधानमन्त्री हुन पाए।’

तपाईंको प्रतिकृया

लेखकबाट थप