कांग्रेसले सामाजिक रुपान्तरणको सन्देश दिनु पर्छः महामन्त्री शर्मा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले व्यवहारबाट सामाजिक रुपान्तरणको सन्देश दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन्।

कांग्रेसको १४औँ महाधिवशेनबाट महामन्त्रीमा निर्वाचित भएपछि आज पहिलो पटक कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै उनले समाज रुपान्तरण गर्ने कार्य कुनै दलका लागि मात्र नभइ समग्र राष्ट्रका लागि आवश्यक रहेको बताए।

कांग्रेस १४औँ महाधिवेशनमा पार्टी पदाधिकारीमा ठूलो नेतृत्वपङ्ति बाहिर रहेको अवस्था दर्शाउँदै उनले त्यसलाई संयोजन गर्ने दायित्व सभापतिका साथै आफ्नो पनि रहेको उल्लेख गरे। तीन वर्ष कांग्रेसको प्रवक्ताको जिम्मेवारी सम्हालीसकेका उनले आगामी दिनमा पनि मिडियामैत्री भएर आफ्ना काम कारबाही सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

पचास वर्षीय उनी कांग्रेसको हालै सन्पन्न १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री