गत २४ घण्टाभित्र नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८९ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ७ हजार ९९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ५ हजार ४८३ जनाको पिसिआर परीक्षण र २ हजार ५१४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। निकाे हुनेकाे संख्या २५० जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे संख्या ८ लाख ८ …
पुरा पढ्नुहॊस »ओलीको टिके सल्लाहकार बन्दिनँः भीम रावल
नेकपा एमालेका वरिष्ठ नेता डा. भीमबहादुर रावलले पार्टीको सल्लाहकार पद अस्वीकार गरेका छन्। महासचिव शंकर पोखरेलले रावललाई अमृत बोहराको अध्यक्षतामा रहेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य अर्थात पार्टीको सल्लाहकारको जिम्मेवारी दिइएको बताएका बेला रावलले त्यसको खण्डन गरेका छन्। उनले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै टिके प्रणालीबाट आफू सल्लाहकार नबन्ने स्पष्ट पारेका छन्। ‘मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ,’ रावलले भनेका छन्, ‘यस्तो टिके प्रणाली जनताको बहुदलीय जनवाद …
पुरा पढ्नुहॊस »लागू नहुँदै विदेशबाट आउनेले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित
काठमाडौँ । अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित गरेको छ । विभागले कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै शुक्रबार जारी गरेको नियम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरेको हो । शनिबार बिहान एक सूचना प्रकाशित गर्दै विभागले शुक्रबार प्रकाशित यात्रा प्रतिबन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो । विभागले …
पुरा पढ्नुहॊस »भीम रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी
काठमाडौँ । नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार हुनुभएका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन भएको थियो । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा. रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताए । उनले थप जिम्मेवारीका लागि अध्यक्ष …
पुरा पढ्नुहॊस »विश्वप्रकाशले भेटे माओवादी द्वन्द्व र जनआन्दोलन-२ का घाइते
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजनीतिक परिवर्तनमा भूमिका खेलेका राज्यबाट ओझेलमा परेका घाइतेहरूलाई भेटेर सम्मान व्यक्त गरेका छन् । महामन्त्रीमा विजयी भएको भोलिपल्टै शर्माले दोस्रो जनआन्दोलन २०६२/६३ मा गम्भीर घाइते भएका मुकेश कायस्थ र तत्कालीन सशस्त्र विद्रोही माओवादीको आक्रमणमा परी घाइते भएका दीपेन्द्र गिरीलाई भेटेर सम्मान व्यक्त गरेका हुन् । कायस्थलाई शर्माले काभ्रेको बनेपा नगरपालिका-८ स्थित उनकै घरमा भेटघाट गरेका हुन् । ‘अर्ध चेत’ अवस्थामा रहेका उनलाई …
पुरा पढ्नुहॊस »पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मी निलम्बित
काठमाडौं । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी निलम्बनमा परेका छन् । शुक्रबार बसेको पर्यटन बोर्डको बैठकले निलम्बन गरेर रेग्मीमाथि लागेको आरोप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम कारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । रेग्मी निलम्बनमा परेसँगै वरिष्ठ निर्देशक नन्दिनी थापा लाहेलाई कायमुकायम सिइओको जिम्मेवारी …
पुरा पढ्नुहॊस »कांग्रेस महाधिवेशनः १३ पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी
नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि गत सोमबार भएको निर्वाचनमध्ये पदाधिकारीको मतगणना सकिएको छ। पदाधिकारीमा विजयीको अवस्था हेर्दा केन्द्रीय समितिमा देउवा पक्षक हाबी हुने रुझान देखिएको छ। १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुने कांग्रेसको विधान रहेको छ। १३ जना पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी भएका छन्। जसमध्ये १ सभापति, १ उपसभापति र ६ सहमहामन्त्रीमा देउवापक्षले जितेको छ। एक उपसभापति र एक …
पुरा पढ्नुहॊस »टिपरको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु, गाउँ नै शोकमा
सिरहाको लहान–ठाडी सडकखण्ड अन्तर्गत लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। एक घाइते भएका छन्। स१क २६१ नम्बरको टिपरले प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको बलान विहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाति अभिषेक यादव रहेको …
पुरा पढ्नुहॊस »कांग्रेस सहमहामन्त्रीमा खस/आर्यतर्फ किशोर सिंह राठौर विजयी
नेपाली कांग्रेसको सहमहामन्त्री (खसआर्य)मा किशोर सिंह राठौर विजयी भएका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका राठौर विजयी भएका हुन्। उनले प्रधिस्पर्धी देवराज चालिसेलाई पराजित गरेका हुन्। विजयी भएका राठौरले २५७६ मत ल्याए । पराजित चालिसेले २०५९ मत ल्याएका छन्।
पुरा पढ्नुहॊस »कोरोना अपडेटः थप २७४ जनामा संक्रमण, २७० जना निकाे भए
गत २४ घण्टाभित्र नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २७४ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार ६९१ जनाको पिसिआर परीक्षण र १३२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। निकाे हुनेकाे संख्या २७० जना रहेको मन्त्रालयले जनाएको छ। संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे …
पुरा पढ्नुहॊस »